
हेटौंडा उपमहानगरका बिभिन्नवडाहरु धमाधम बालमैत्री वडा घोषणा क्रमसः भइरहेको छ ।
यसैक्रममा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा –१ पनि निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको जानकारी गराइएको छ ।
‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबारबालमैत्री वडा घोषणा गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
१- नं वडाले दिएको जानकारी अनुसार २०७९ मंसिर ११ गते कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष सविन न्यौपानेले बताए ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको र आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सूचकमा १००, १ वटा सूचकमा ९६, १ वटा सूचकमा ९०, १ वटामा ८५ र १ वटामा ८२ प्रतिशत सम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेको बताएका हुन् ।
बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, वृद्दिविकास र सहभागिताको अवसर दिन सकेमा मात्र भविषयमा राज्यले एउटा असल, सभ्य र सक्षम नागरिक पाउन सक्ने अध्यक्ष न्यौपाने बताउछन् ।
नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाऊ, बाल संरक्षण, वाल विकास, र बाल सहभागिता सहित सूचक प्राप्तीको सन्दर्भमा सरोकारवाला निकायहरुसँग बसी अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएको र कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागी अन्तिम सूचक मापनको प्रतिवेदन, स्थिति पत्र, वडाको पञ्चवर्षिय रणनीतिक योजना समेत तयार भईसकेको बताए ।
नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा नकौली आधारभुत स्वास्थ्य केन्द्र, बाँझोडाँडाको प्राङ्गढमा घोषणा कार्यक्रममा ुहभागी हुन र भव्य रुपमा सम्पन्न गर्न आग्रह गरे ।
……………
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको १९ वडा मध्ये एक वडा नम्बर १ साविक हेटौडा उपमहानगरपालिका वडा नं. १ र साविक बसामाडी गा.वि.स.को बडा नं. ८ र ९ मिलेर बनेको छ ।
१४.८६ वर्ग कि.मी. क्षेत्रफल रहेको वडाको पूर्वी सिमानामा त्रिभुवन राजपथ, पश्चिममा वडा नं.१९, उत्तरतर्फ भीमफेदी गाउँपालिका र दक्षिणमा महेन्द्र राजमार्ग अवस्थित छ ।
घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण २०७९ अनुसार यस वडामा कुल जनसंख्या ६७९० रहेको छ । जसमा महिला ३३५७ र पुरुषको संख्या ३४३३ छ। १८ वर्ष मुनिका बालबालिकाको कुल जनसंख्या २०१४ रहेको छ जसमा १०४५ बालक र ९६९ बालिका रहेका छन्। यस वडामा ५ सामुदायिक र १ संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ६ वटा विद्यालयहरु सञ्चालनमा छन् । यसैगरी १८ वटा बालसमूहहरु र १ वडा बाल सञ्जाल रहेको छ जसमा ३६३ जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ४०४ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्