ठूलोदमार / हेटौंडामा रहेको सेवा सहयोग र आवाजमा हामी (एस.एस. ए. एच) नामक संस्थाले हेटौंडा–१८, स्थित श्री वैदिक वानप्रस्थ आश्रम श्री वैदिक संस्कृत गुरुकुलमा सामाग्री सहयोग गरेको छ ।
शुक्रबार संस्थाका अध्यक्ष विशालराज महस सहितको टोली आश्रममै पुगेर संस्कृति गुरुकुलमा आश्यकता अनुसार फर्निचर तथा खाद्यान्न सामाग्री सहयोग गरेको संस्थाका सचिव राजेश थापा गरिबले जानकारी दिएका छन् ।
एस.एस. एच संस्थाका अध्यक्ष महतको अध्यक्षतामा तथा १८ नम्बर वडाका सदस्य तथा कार्यवाहक अध्यक्ष तोयानाथ तिमल्सिनाको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष महतको तर्फबाट खाद्यन्न सामाग्री आलु, दाल र तेल संस्थाका उपाध्यक्ष हेटौंडा २, मानसचोकका रामविक्रम थापा परिवारको तर्फबाट ५ वटा बेञ्च सेट ५ वटा कुर्सी फर्निचर सामाग्री गरिकरिब ६० हजार बराबरको सामग्री वितरण भएको हो ।
सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष राम विक्रम थापाले केही समयअघि विद्यालयमा पुग्दा विद्यार्थीहरुले भुइमा बसेर पढेको देखेको बताउँदै सेवाको भावनाले केही सहयोग गरौं भन्ने सोच आएको बताए ।
ठुलोदमार टोल विकास संस्थाका अध्यक्ष कुमार महतले भुइमा बसेर पठनपाठन भइरहेको अवस्थाबारे जानकारी गराएको उपाध्यक्ष थापाले बताए । महतको कारणले सहयोग गर्ने अवसर प्राप्त भएकोमा उपाध्यक्ष थापाले खुसीले व्यक्त गरे ।
आश्रमका प्रधानाध्यापक खगेन्द्र कोइरालाले मनकारी व्यक्तिहरुको सहयोगबाट उक्त विद्यालय चल्दै आएको बताएका छन् । आश्रम सञ्चालन रहेको भवनमा यसअघि ज्योति माध्यमिक विद्यालय सञ्चालनमा थियो भने संस्कृति र संस्कार जोगाउने उद्देश्यले आश्रम सञ्चालनमा ल्याइएको बताएका हुन् ।
उनले जनै लगाउनेले मात्र नभइ जुनसुकै धर्म र समुदायकाले उक्त स्थानमा पठनपाठन गर्न पाउने स्थान रहेको र कर्मकाण्डका बारेमा रुद्राभिषेकको तयारीका लागि विद्यार्थीहरु समूहमा बाँडिने बताए ।
कोही रेखी बनाउने, कोही मण्डप सजाउने, कोही दियो र कलश सजाउने, कोही गणेश स्थापना गर्ने रुद्रिपाठ, वेद, चण्डीपाठ, चार वेद, अग्नि संस्कार, शिव स्थापना, रेखी बनाउने, दियो स्थापना, मण्डप पूजा, कलश स्थापना तथा गणेश पूजाबारे मन्त्रोच्चारणसहित विधिपूर्वक पूजा गर्न प्रयोगात्मकरुपमा ज्ञान दिइरहेको प्रधानाध्यापक कोइरालाले बताए ।
उनले भने “मुठीदानकै भरमा विद्यालय चलिरहेको छ । सनातन धर्म मान्ने सबैले संस्कृत विद्या पढ्न पाउनुपर्छ भन्ने उद्देश्य सहित सञ्चालन गरिएको हो । अङ्ग्रेजी, ज्योतिष विज्ञान, नीतिशास्त्र, वेद, गणित, रुद्रिजस्ता विषयका पढाइ भइरहेको छ । विद्यालयको आफ्नो आर्थिक स्रोत छैन ।”प्रधानाध्यापक कोइरालाले दिएको जानकारी अनुसार गुरुकूलमा मकवानपुर र अन्य जिल्लाका गरेर अधिकांश विद्यार्थी दलित समुदायका १८ विद्यार्थी अध्ययनरत् रहेका छन् ।”
नगरको शिक्षा महाशाखाबाट असोज ७ गते अनुमति लिइएको र कक्षा १२ सम्म पढाउने लक्ष्य रहेको बताउँदै सेवा सहयोग र आवाजमा हामी नामको संस्थाको माध्यमबाट सहयोगी हात बढाएको भन्दै प्रधानाध्यापक कोइरालाले धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक अध्यक्ष तिमल्सिनाले गुरुकूलको अवस्था बुझेर सेवाको भावले उच्च सहयोग गरेकोमा खुसी व्यक्त गरे ।
संस्था अध्यक्ष महतले अघिदेखि नै सामाजिक गतिविधिहरु गर्दै आएको र अहिले आधिारिक रुपमा अघि बढिएको बताए ।
यसअघि पनि सेवामुखी काम गरिरहेसँगै तर्दथ समिति गठन गरेर मकवानपुरको मकवानपुरगढी ५ स्थित ज्योति प्राथमिक विद्यालयमा विद्यार्थीहरुका लागि २०८१ जेष्ठ २० शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए ।
अध्यक्ष महतले भने “जन्मदेखि मृत्युसम्म सक्ने सेवाका लागि सधै तत्पर छौं । म मात्रै होइन हाम्रो समुह छ । हामी सेवामा सधैव रहिरहन्छौँ ।”
हस्तान्तरण कार्यक्रममा गूरुकुलका प्रधानाध्यापक खगेन्द्र कोइराला, ठुलोदमार टोलविकास अध्यक्ष कुमार महत, वन उपभोक्ता समिति अध्यक्ष दामोदर बानियाँ ,संस्थाका उपाध्यक्ष रामविक्रम थापा, सचिव राजेश थापा “गरिब” कोषध्यक्ष मञ्जिता मैनाली, सदस्य हरिबहादुर कुँवर, सल्लाहकार गणेश अधिकारी, टोलविकास संस्था नगर समन्वय समिति कार्यालय सचिव इशा थापालगायत को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्