मकवानपुर जिल्लाको बागमती र बकैया गाँउपालिकाका बाढीपहिरो पीडितलाई एकीकृत हटिया ग्रुपले राहत वितरण गरेको छ।
गत हप्तामा अविरल परेको वर्षाले पीडित भएकाहरुको लागि भन्दै हेटौंडा उपमहानगरको वडा नम्बर१६ र १७ का युवाहरुको समूह खाद्यान्न समाग्री र केही कपडा लिएर पुगेका थिए।

उनीहरुले चामल, तेल, भाडकुाडा, लत्ताकपडा लगायत सामग्रीहरु बकैया र बागमतीका जनप्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।


हटिया ग्रुपका युवाहरुले स्थानीय व्यवसायी र आफूहरुबाट रकम संकलन गरेर सो रकमबाट राहत सामग्री खरिद गरिएको माधव रिमालले बताए ।
रिमालले बताए अनुसार ५५ थान ब्ल्यान्केट ६० बोरा चामल संगै नुन, तेल, दाल, अण्डा, चाउचाउ, भुजा संगै लत्ताकपडा लगाएतका अत्यावश्यक सामाग्री बितरण भएको हो ।