हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडा १० भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई आइताबार विदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।
कलेजका प्रिन्सीपल रघुनाथ खरालको सभाध्यक्षतामा तथा कलेजमा अध्यापन गराइरहेको शिक्षकहरु आतिथ्यतामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुद्धारा नै कक्षा १२ र बीबीएस चौथो संकाय विद्यार्थीलाई अधिल्लो कक्षामा प्रगती प्राप्त गर्नकालागि शुभकामना व्यक्त गर्दै १२ बाट बिदाइ गरेका हुन् ।
बिद्यालयमा हाल होटल म्यानेजमेन्ट, व्यवस्थापन, विज्ञान संकाय लगायत विषयमा अध्यापन गराउँदै आएको र विद्यार्थीलाई बिद्यालयमा किताबी मात्रै नभएर व्यवहारिक शिक्षा पाइएको कक्षा १२ पार गरेका बिद्याथीृहरुले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
त्यस्तैगरि बिद्यालयले विगतमा आयोजना गरेको बिभिन्न खेलकुदमा सहभागी भएका विजेता उपबिजेता तथा बिधागत पुरस्कारहरु शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।


































प्रतिक्रिया दिनुहोस्