उपाधि जित्न सफल वडा–१२ को टिम

मकवानपुर/ हेटौंडा १५ नम्बर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरवडास्तरीय वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा–१२ ले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा वडा–१२ ले वडा–७ लाई १–० गोलले विथोल पार्दै उपाधि हात पार्न सफल भएको हो ।  वडा–१२ बाट धनजित थिङले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच थिङ घोषित भएका छन् । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वडा–१२ बाट साजन पाख्रिन प्रतियोगिताको उत्कृष्ठ खेलाडी बन्न सफल भएका छन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट गोल रक्षक १२ नम्बर वडाका आयुष गोल, सर्वोकृष्ट डिफेन्डर रोशन दोङ, उत्कृष्ट मिडफडर राजुलामा तथा उत्कृष्ट मिडफिडर राजी पाख्रिन घोषित भएका छन् । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो ।

बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौड्याको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । पुरस्कार वितरण कार्यक्रममा, १५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष गोवीन्द नेगी, प्रदेश खेलकुद विकास परिषदका सदस्य माधव तिमल्सिना, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे, हेटौंडा–११ का वडा अध्यक्ष जुना दहाल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका टीका लामा लगायतको आतिथ्य रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी