जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडा–६ स्थित गौरिटार रंगशालामा प्रतियोगिताका लागि खेलमैदान व्यवस्थापनमा आयोजक पक्षहरु खटिरहेका छन् ।

प्रतियोगिताको यस वर्षको संस्करणको आयोजनाका जिम्मेवारी हेटौंडा– १५ को न्यू डाँफे युथ क्लबलाई दिएको हो ।

मैदान व्यवस्थापनमा उपसमिति अन्तरगतर्का संयोजक आधुनिक तिमल्सिनाले धमाधम काम भइरहेको बताएका छन् ।

गौरिटार रंगशाला खेलमैदानमा हुने भएपछि स्थानियह युवाहरु पनि खुसी हुँदै मैदान व्यवस्थापनमा खटिरहेका छन् ।

यसवर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।

प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।

प्रतियोगितामा विधागतरुपमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

जसमा विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको बुलेट बाइक प्रदान गरिने भएको हो।

 

मैदान व्यवस्थापनमा उपसमिति  संयोजक आधुनिक तिमल्सिनासंगको  कुराकानी ।