बागमती प्रदेशको राजधानी हेटौंडा–६ स्थित गौरिटार रंगशालामा स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ १६ गतेबाट प्रतियोगिता हुने भएपछि आयोज तयारमा जुटेको छ ।

यसवर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने जानकारी गराइएको छ ।

प्रतियोगिताको यस वर्षको संस्करणको आयोजनाका जिम्मेवारी हेटौंडा– १५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएसंगै गौरिटार रंगशाला खेलमैदान व्यवस्थापनमा आयोजक पक्षहरु खटिरहेका छन् ।

खेल मैदानको स्तरोन्नति गर्ने कार्य तीब्ररुपमा अगाडि बढिरहेको क्लबका अध्यक्ष आलोक स्याङ्तानले बताएका छन् ।
अध्यक्ष स्याङ्तानले बताए अनुसार र मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् ।

 

यसैविच न्यू डाँफे युथ क्लबका  अध्यक्ष आलोक स्याङ्तान संगको  कुराकानी ।