मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि बागमती प्रदेशको राजधानी हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव चलिरहेको छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवमा बिहिबार गायिका आस्था राउतले धमाका मच्चाएकी छिन् ।

चौरमा बसिरहेका दर्शकहरु रवि रिमाल, सरोज लामिछाने, दुर्गा सापकोटा, मदन विष्ट देखि हस्यकलाकार दिनेश काफ्लेको कमेडीमा रमाउदै चर्चित गायिका आस्था राउतको प्रस्तुतीलाई कुरिरहेका थिए ।

करिब सांझ ६ः ३० बजेको समयमा गायिका राउत स्टेचमा चढ्नसाथ दर्शक निकै रमाएका थिए ।

चर्चित गायिका राउतको सांगितिक प्रस्तुती सूरु हुनसाथ दर्शकहरु समेत नाचेर साथ दिएका थिए।

जारी महोत्सवमा शुक्रबार टिका प्रसाई, नविन पौडेल, अनित विष्ट लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा करिब २ सय ६० वटा स्टल रहेका छन् ।
स्टलमा बिभिन्न घरेलु उत्पादनका सामाग्री, कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका सामाग्री लगायत उपभोग्य बस्तुहरु राखिएका छन् । महोत्सव पुष १७ गते समापन हुने छ ।