बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले देशको लागि गरेको त्याग तपस्या र बलिदानले सबैक्षेत्रमा समाजको प्रतिनिधित्व हुने व्यवस्थामा गौरव गर्नु पर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा र नेपाल नगरपालिका संघको संयुक्त आयोजनामा गरिएको तहगत अधिकारको कार्यविस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जमकट्टेलले भने ” संघ सरकार र प्रदेश सरकारका बिचमा तिक्तता नभएको र पाएको अधिकारले धेरै नै काम गरेका छौं । संघियता कार्यन्वयनको सूरुवात खराब छैन । नेपालको समाजमा सुहाउदो प्रतिनिधत्व हुने स्थपना गरेको व्यवस्था नै हाम्रो निम्ति गौरब को कुरा हो ।”

कार्यक्रममासंबिधानमा लेखिएका एकल अधिकार र संयुक्त अधिकारका कुरा कार्यान्वयनमा ल्याइनुपर्ने, ऐन बनाउने नाममा संघ र प्रदेशले स्थानीय तहको अधिकारमा पर्ने समस्या समाधान गरिनुपर्ने बताइएको थियो ।

नेपाल नगरपालिकासंघका अध्यक्ष भिम प्रसाद ढुंगानाको सभाध्यक्षता मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख अतिथ्यतामा गरिएको उक्त
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेशका प्रमुख सचिव्, मन्त्रालयका सचिव्हरु, स्थानीय तहका प्रमुखहरु लगायतकाको उपस्थिति रहेको थियो ।