हेटौंडा उपमहानगर वडा नमबर ७मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडाले २५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी संस्थाले  २५ औं वार्षिकोत्सवमा रजत महोत्सव अन्तगर्त साताव्यापी कार्यक्रम गर्न लागेको जानकारी गराइएको छ ।

हेटौंडा ७ नाग्स्वोती मा रहेको सहकारीको कार्यालय गरिएको पत्रकार सम्मेलन मार्फत सचिव युवराज गौतमले बताए ।

२०५६ सालमा स्थापना भएको सहकारी २६ जना सदस्य भएर दर्ता गरिएको जानकारी दिदै शुक्रबारबाट सुरु हुने विभिन्न कार्यक्रम १३ गते समापन गरिने बताइएको हो ।
जानकारी दिए अनुसार सप्ताहव्यापी कार्यक्रमहरु आजै संस्थाको सभाहलमा समिति, उपसमितिको संयुक्त बैठक बसिने र आइतबार ८ गते संस्थाकै हलमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम रहेको सचिव  गौतमले बताए ।

कार्यक्रम अन्तरगर्त ९ गते बाल कार्यक्रम पिकनिक, ११ गते रक्तदान, १२ गते म्युजिकल चियर प्रतियोगिता, घ्याम्पो फुटाई र सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता १३ गते स्लो बाईक÷स्कुटर रेस, पाँच सय मिटर महिला÷पुरुष दौड, फुटबल, प्रतियोगिता, पुरस्कार वितरण र दीप प्रज्वलन, मिठाई वितरण सहित सप्ताहव्यापी कार्यक्रम समापन गरिने संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतले बताए ।

संस्थामा महिला पुरुष गरी ६९३१ शेयर सदस्य छन् भने २१२४ जनालाई कर्जा लगानी गरेको छ ।
संस्थाको मंसिर मसान्त सम्ममा शेयरपुजीँ ४ करोड ३६ लाख ९४ हजार २ सय रहेको छ भने जगेडा कोषमा तीन करोड ८० लाख ७० हजार ६८२ रहेको जानकारी गराइएको हो।

संस्थाको बचत निक्षेप ५० करोड ९७ लाख ८७ हजार ९७२ रहेको र कर्जा लगानी ५७ करोड ३२ लाख १५ हजार १०९ रहेको छ।