हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ स्थित कमानेमा हुने भनिएको व्यापार, प्रर्वद्धन एवंम प्रर्दशनीको भएको छ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्य सहित पौष ६ र ७ गते दुईदिने व्यापार प्रवर्द्धन तथा प्रदर्शनी (कमाने महोत्सव) को आयोजन गरिएको आयोजकले जनाएको छ ।
वडाभित्रको स्थानीय व्यापार, व्यवसाय, साँस्कृतिक पहिचान, टोल विकास संस्थाको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको महोत्सवका संयोजक विष्णुप्रसाद अर्यालले बताएका छन् ।
वडा नम्बर ८ को मुख्य सडकको निमचोक देखि सागरचोक सम्मको सडक किनारामा प्रदर्शनीका लागि ७० वटा व्यापारिक स्टलहरु रहेको छ ।
“कमानेको किनौं, कमानेलाई चिनौं” मूल नाराका साथ स्थानीय उत्पादनको खानाको परिकार, साँस्कृतिक कार्यक्रमहरु समेत हुने महोत्सव आयोजकले जनाएको हो ।
७ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
वडा कार्यालयले ३ लाख मात्रै व्यवस्था गरेकाले बाँकी रकम अन्य स्रोतबाट जुटाउनुपर्ने आयोजकले जनाएको हो ।
हेटौडा कमानेको मेनरोड निम चोकदेखि सागर चोकसम्म महोत्सव हुने छ ।
महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।




























प्रतिक्रिया दिनुहोस्