
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा पुष २ गतेदेखि २ दिने घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।
वडा नम्बर–१० स्थित बसपार्कमा पुस २ र ३ गते बिभिन्न कार्यक्रमहरु सहित प्रर्दशनीको तयारी गरिएको वडाध्यक्ष फुर्वा दोर्जे लामाले बताएका छन् ।
हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रदर्शनीमा राख्ने र कार्यक्रमको आयोजक वडा भएपनि कार्यक्रम हेटौंडा उपमहानगरकै भएको वडाध्यक्ष लामा बताउछन् ।
प्रदर्शनीमा ३० वटा स्टलहरू राखिने र स्टलहरू निं:शुल्क उपलब्ध गराइने बताएपछि सबैको साथ सहयोग र उत्साहाले गर्दा स्टल थप गरिन लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्