बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्ती भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक समुहको दुबै समुह अर्थात  (ए )  र  (बि ) फाइनलमा प्रवेश गरेका छन् ।

हेटौंडा –७ नागस्वतीमा असोज १६ गते देखि जारी खेल शुक्रबार हेटौंडा- ५ पिप्ले रङ्गशालामा आयोजना गरिएको हो ।

दोस्रो खेलमा आयोजक समुह नागस्वती भेट्रान्स (ए)  र चितवन भेट्रान्स विच भएको खेलमा पनि ० – १ गोल अन्तरले विजयी हुँदै फाइनलना पुगेको पुगेको छ ।

उत्साह जनक महायुद्ध खेलमा दोस्रो हाफ पछि खेलको ४४ औ मिनेटमा नागस्वती भेट्रान्स (ए) का खेलाडी दिपेन राइले १ गोल गरे पछि सोही गोलनै निर्णयक गोल बनेको हो ।

खेलको म्यान अफ द म्याच दिपेन राइ घोषित भए ।

……..

शुक्रबार  पहिलो खेल अन्तरगर्त आयोजक नागस्ती भेट्रान्स समुह (बि )  र एनआरटी भेट्रान्स बिच भएको सेमिफाइनलमा ३ – १ गोल अन्तरले विजयी हुँदै आयोजक फाइनलमा पुगेको हो ।

शुक्रबार नागस्वती (बि ) र एनआरटी भेट्रान्स बिच भएको निकै उत्साहजनक  खेलको ७ औं मिनेटमा नागस्वती (बि )का खेलाडी  बिकर्ण श्रेष्ठले  पहिलो गोल गरे ।

निकै रोमाञ्चक बनिरहेको खेलको २७ औं मिनेटमा  नागस्वती (बि ) का खेलाडी राजकुमार घिसिङ्गले अर्कौ १ गोल गर्दै अग्रतालाई बढाए ।

चलिरहेको खेलमा आफुलाइ बचाउन जोडदार प्रयासमा रहेको एनआरटी समुहका खेलाडी राजन नेपालीले खेलको दोस्रो हाफपछि खेलको ३२औं मिनेटमा १ गोल गरे ।

दुबै पक्षबाट विजयी बन्ने उत्साह रहेसंगै आफुलाइ बचाउन जोडदार प्रयासमा  खेलको दोस्रो हाफपछि ३२ औं मिनेटमा एनआरटी समुहका खेलाडी  राजन नेपालीले १ गोल गरे ।

निकै रोमाञ्चक खेलको दोस्रो हाफपछि ४७ औं मिनेटमा (बि) का खेलाडी कन्या सुब्बा गुरुङ्गले १ गरेका थिए ।

खेलको म्यान अफ द म्याच (बि) का खेलाडी   राजकुमार घिसिङ्ग घोषित भए ।

फाइनलका लागि आयोजकै नै शनिबार भिड्दै छन् भने दुबै हातमा लड्डु पर्ने भएको छ ।