बागमती प्रदेशको राजधानीमा  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०मा  रहेको नारायणी कलेजले कक्षा ११ मा अध्यन गर्न नयाँ भर्ना भएर आएका विद्यार्थीहरुलाई  स्वागत गरेको छ ।

कक्षा १२ मा अध्यन गरेका बिद्यार्थीहरु द्धारा शुक्रबार स्वागत गरिएको हो ।

हरेक वर्ष कक्षा ११ का विद्यार्थीहरुका लागि  स्वागत कार्यक्रम गरेसंगै यस वर्ष पनि स्वागत कार्यक्रम  गरिएको प्रिन्सिपल रघुनाथ खरालले बताए ।

प्रिन्सिपल रघुनाथ खरालको सभाध्यक्षता प्याबसन मकवानपुरअध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै  करिब ३ सय ५० जना विद्यार्थीहरु भन्दा अधिक बिद्यार्थीहरु सहितको सहभागीतामा स्वागत गरिएको हो ।

कार्यक्रममा नारायणी कलेजका शिक्षक शिक्षिकाहरुको लगायतको उपस्थिती रहेको थियो ।