हेटौंडा । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले शनिवारदेखि ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ चलाएको छ ।
घरघरमा माओवादी,जनजनमा माओवादी जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको सूरुवात शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट देशभर एकसाथ उद्घाटन गरेका हुन् ।
देशभरका ६हजार ७ सय ४३ वटा वडामा एकै पटक अभियानको उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्ड ले देशमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्र भएकाले आउंदा दिनमा जनताको ‘मन जितेर कामहरु गरिनु पर्ने निर्देशन दिए ।
गएको साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश हरेका नागरिक सम्म पुर्याउन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान अन्तरगर्त हेटौंडा उपमहानगरपालिमा पनि १९ वटै वडामा केन्द्र देखि वडा स्तरका नेताहरु जनताको घरघरमा विविध कार्यक्रम सहित पुगेका छन्।
अभियानमार्फत ‘घरघरमा जनतासमक्ष पुगेर विगतमा गरिएको गल्तिको सुधार गरि गर्न नसकेको कामहरु गर्ने र अब कसैलाई बोकेर नहिड्ने प्रतिवद्धता जनाएका छन् ।
पार्टी प्रतिको गुनसो सुन्ने र जनताकै मनेभावना अनुसार भने जस्तो काम गर्न नसकेको अनुभूत भएकाले जनताकै घरघरमै पुगेर गुनसो सुनेर कमजोरी सच्याउन र जनताकै समस्या समाधानकै निम्ति ३ महिने अभियान चलाइएको बताएका हुन् ।
जनताको गुनासो सुन्दै पार्टी जनताकै भएकाले जनताको साथ आवाश्यक भएको तर, केही कमी कमजोरीका कारण जनता निराश हुनु स्वभाविक भएकाले निराश नहुन आग्रह गर्दै हिजो पनि जनतकै पार्टी, आज पनि जनताकै पार्टी र भोली पनि जनताकै पार्टी भएकाले भूल सुधार गरेर आउँदा दिनमा सबै भन्दा बलियो र महा विशाल पार्टी माओवादी बनाइने बताएका हुन् ।
यतिबेला लागेको मैलो पखाल्दै शुद्द हुन र आत्मआलोचित गर्दै जनतासङ एकाकार हुन जनतामा फर्किएको धाराण सहित अब समाजबाद्तर्फको जनतकै पक्षम आन्दोलनमा नै छौं जनता मा फर्किएका छौं भन्ने सन्देश दिन नै जनताको घरघरमा एक साथ आइएको बताए ।
माओवादी हरायो सकियो सुत्यो भनेर भ्रम छर्ने काम भएकाले यस्तो भ्रम मा नपर्न आग्रह गर्दै सबैलाई एकजुट बनाउनै चलाएको अभियान मार्फत बैठक, भेला, प्रशिक्षण, सदस्यता विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान गरेर हरेक समस्या समाधान गरिने प्रतिवद्धता जनाए ।
…………………………
यसै क्रममा हेटौंडा उपमहानगरको १९ वटै वडामा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’
हेटौंडा- १ प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष स्वस्तिक राजथलाको अध्यक्षता ।
हेटौंडा-२ मा शहिद परिवारलाई सम्मान र ओम बृद्धाश्रमलाई नगद पाँच हजार सहयोग । शहिद चिन्तामणी तिमल्सिनाको माता बालकुमारी र पिता ठाकुर प्रसाद तिमल्सिनालाई पार्टीका केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका अभियान संयोजक रत्न ढकालले सम्मानपत्रसहित सम्मानित ।
हेटौंडा- ३ मा सहिद परिवारलाई भेटघाट गरी जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न । कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्य प्रकाश थोकरको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष भिमलाल सिन्तानको अध्यक्षता । कार्यक्रममा पार्टीका हेटौंडा नगर सदस्य हेमन्त रुम्बा, सहिद परिवारका सदस्यहरुले मन्तव्य व्यक्त ।
हेटौंडा- ४ मा अनाथ बालकहरु आश्रित आमसाई विद्यालयलाई चामल, दाल, सोयाबिन, आलु, नुन र तेल लगायतका खाद्यान्न सहयोग गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्यहरु रिनेश कुमार श्रेष्ठ, बेली कुमारी दोङ र जंगबहादुर विश्वकर्माको आतिथ्य ।
हेटौंडा-५ को ढुङ्गेधारा पर्यटकीय क्षेत्रमा बर, पिपल, छतिवन लगायत विभिन्न जातका विरुवाहरु बृक्षारोपण । कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष देवनारायण लामिछाने ‘भिमसेन’को अध्यक्षता ।
हेटौंडा- ६ मा वडा कार्यालय उद्घाटन तथा सहिद परिवारको जेष्ठ नागरिकलाई सम्मान । नेकपा (माओवादी केन्द्र)का विशेष प्रदेश सदस्य जनक शर्मा ‘प्रकाण्ड’को प्रमुख आतिथ्य तथा पार्टीकी वडा अध्यक्ष शोभा घिमिरेको अध्यक्षता।
हेटौंडा – ७ स्थित न्युरेनी सामुदायिक वनमा रहेको कालिदेवी मन्दिर वरपर सरसफाई र फलफूल, एभोकाडो, अमला, बेल, लालुपाते लगायतका विरुवा रोपिएको । पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचेतक रत्न ढकालको प्रमुख आतिथ्यता । नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष बासुदेव कटुवालको अध्यक्षता प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतको आतिथ्यता ।
हेटौंडा-८ मा चन्द्रोदय माध्यमिक विद्यालय अगाडी सरसफाई । नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सचिव भिम पाख्रिनले उदघाटन गर्नु भएको।
हेटौंडा- ९ मा पाँच जना सहिद परिवारलाई दोसल्ला ओडाएर सम्मान पत्र प्रदान र पार्टीको वडा कार्यालय उद्घाटन । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष बलराम मिश्रको अध्यक्षता ।
हेटौंडा-१० मा हेटौंडा बसपार्क सरसफाई । पार्टीका जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख निबन्ध लामाले उद्घाटन गर्नुभएको जिल्ला सदस्य रामशरण कार्की, ईन्चार्ज ज्ञानेन्द्र कार्की, वडा अध्यक्ष राजकुमार थिङ्ग लगायतको सहभागिता ।
हेटौंडा-११ मा प्रशिक्षनात्मक कार्यक्रम गरी अभियानको उद्घाटन । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष रामकृष्ण बस्नेतको अध्यक्षता ।
हेटौंडा-१२ वडा कार्यालय उद्घाटन ।
हेटौंडा-१३ मा आगामी पार्टीको एजेण्डा सम्बन्धी छलफल कार्यक्रम । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य, पार्टीका मकवानपुर सदस्य उमेश गुणीको विशेष आतिथ्य तथा पार्टीका वडा अध्यक्ष सुर्यकुमार छुमीको अध्यक्षतामा भएको थियो । नेकपा (माओवादी केन्द्र) मकवानपुरका सदस्य रामशरण कार्की, हेटौंडा नगर उपाध्यक्ष प्रदीप अर्याल, वडा नम्बर १३ की ईन्चार्ज तारादेवी मोक्तान, हेटौंडा नगर सदस्यहरु बसन्तकुमार लामा, नेमा लामा लगायतको आतिथ्य ।
हेटौंडा-१४ मा पनि तीन महिने अभियानको उद्घाटन । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष चमेली माया सिंजाली मगरको अध्यक्षता हेटौंडा नगर उपाध्यक्ष प्रदीप अर्याल लगायतको आतिथ्य ।
हेटौडा -१५ मा नेकपा (माओवादी केन्द्र)को वडा पार्टी कार्यालयको पार्टीका केन्द्रीय सदस्य रत्न ढकालले उदघाटन पार्टीका मकवानपुर जिल्ला सचिव भिम पाख्रिन, जिल्ला सदस्य लिलाकुमार घलान, कमला विक, हेटौंडा नगर अध्यक्ष तिर्थ थापा मगर, नगर कमिटि, वाईसीएल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता।
हेटौडा- १६ मा छलफल कार्यक्रम । पार्टीका केन्द्रीय सदस्य रत्न ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष टेकमान थिङको अध्यक्षता ।
हेटौंडा-१७ मा पार्टीको वडा कार्यालय उद्घाटन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष रंगराज अधिकारीको अध्यक्षता हेटौंडा नगर उपाध्यक्ष प्रदीप अर्याल लगायतको आतिथ्य ।
हेटौंडा-१८ मा प्रशिक्षात्मक कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रत्न ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष राजेश मग्रातीको अध्यक्षतामा ।पार्टीका जिल्ला सचिव भिम पाख्रिन, जिल्ला सदस्य प्रकाश निरौला, नेपाल दलित मुक्ती मोर्चा केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला ईन्चार्ज कमला वि.क. लगायतले मन्तव्य व्यक्त ।
हेटौंडा-१९ मा सात सहिद परिवारलाई दोसल्ला ओडार सम्मान । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता हेटौंडा नगर उपाध्यक्ष प्रदीप अर्याल लगायतको आतिथ्यमा ।














प्रतिक्रिया दिनुहोस्