मकवानपुर घरेलु तथा साना उद्योग संघद्धारा बकैया गाउँपालिका स्तरीय समिति गठन गरिएको छ ।
शनिबार बकैयाको वडा नम्बर५ मा लघु, घरेलु तथा साना उद्योगीहरुको प्रारम्भिक भेला आयोजना गरी गाउँपालिका स्तरीय गठित समितिको तुलसी गिरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिती चयन भएका छन् ।
समितिमा वरिष्ठ उपाध्यक्षमा बिक्रम केसी, उपाध्यक्षमा रमेश फुँयाल, महिला उपाध्यक्षमा ढकीमाँया घिसिङ्ग,महासचिव संगित उप्रेती,कोषध्यक्षमा पावर्ती तिमल्सिना चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा राजन प्रसाद फुँयाल, कमला नेपाल र अमृता तामाङलाइ चयन गरिएको हो ।
बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी लामिछानेले सँघले उद्योगीहरुको हकहित संरक्षण र व्यवसाय प्रवर्धन गर्न थप सहयोग पुग्ने बताए ।
स्थानीय रुपमा पाइने कच्चा पदार्थहरुको प्रयोगबाट आवश्यक्ता अनुसारको वस्तु उत्पादन गर्न सकेमा रोजगारीको अवस्था बनेर आर्थिक पाटो बलियो हुनेमा सहयोग पुग्ने जिकिर गरे ।
यसकालागि उद्यमीहरुको सिपको विकासका लागि गरिने कार्य गरिने र उत्पादन बस्तुको बजार प्रवर्धनका लागी आवश्यक सहयोग र बजेट व्यवस्थापनका लगि पहल गरिने अध्यक्ष लामिछानेले प्रतिबद्धता जनाए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग बागमती प्रदेश महासंघका अध्यक्ष तारानाथ चौलागाइ,बकैया गाएँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री घरेलु तथा साना उद्योग कार्यलयका श्री टिक शर्माकोआतिथ्यता रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष सुवर्ण लाल श्रेष्ठले उक्त कार्यक्रमकारे प्रष्ट पारेका हुन् भने महासचिव कुमार पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
नवगठित समितीका सदस्यहरुलाई प्रदेश समितिका अध्यक्ष तारानाथ चौलागाइले सपथ ग्रहण गराए ।
कार्यक्रममा गाउँपालिका योजना शाखा प्रमुख मिलन दुलाल, वडा नं ५ का अध्यक्ष लक्ष्मी जिम्बा, वडा नं ४ का अध्यक्ष राजन दंगाल, मकवानपुर घरेलु तथा साना उधोग संघका अध्यक्ष गणेश हरि उप्रेती, महिला उद्यमी संघका वरिष्ठ उपाध्क्ष चंद्रवती पनेरु, नेकपा एमाले प्रतिनिधी गोपाल दहाल, नेपाली कांगे्रसका मिरा बन्जारा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला उद्यमी समितीकी बागमती प्रदेश उपाध्यक्ष चन्द्रावती पनेरु,, मकवानपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष गणेशहरी उप्रेती, बागमती प्रदेश मकवानपुर उद्योग संघको महासचिव गिता मैनाली घरेलु तथा साना उद्योग संघ हेटौंडा यपमहानगर संयोजक तारा कार्की, घरेलु तथा साना उद्योग संघका वरिष्ठ कोषाध्यक्ष रामहरी तिमल्सीना, मकवानपुर घरेलु तथा साना उद्योग संघका सदस्य कृष्ण प्र अर्याल लगायतको आतिथ्यता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्