चितवनको भरतपुर महानगरमा रहेको आरम्भ कलेजले स्नातक तह अध्ययन गर्ने होटल म्यानेजमेन्टका प्रत्येक विद्यार्थीलाई छुटको व्यवस्था गरेको छ ।

हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै कलेजको स्थापना भएसँगै चितवन, मकवानपुर, नवलपुरका विद्यार्थीले उच्च शिक्षाका लागि ल्याइएको योजना बारे जानकारी दिइएको हो ।

स्नातक तह अध्ययन गर्ने होटल म्यानेजमेन्टका विद्यार्थीलाई कोर्षमा लाग्ने  कोर्षको शुल्कमा एक लाख छुट दिइने क्याम्पस प्रमुख सुरज शिवाकोटीले बताए ।

लामो समय कलेज सञ्चालनको अनुभव गरेकाहरुको समुहले सञ्चालन गरेको कलेजमा पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १, १ लाख बराबरको छात्रवृत्ति समेत प्रदान गरिने शिवाकोटीले बताएका हुन् ।

७लाख ५० हजारको प्याकेजमा विद्यार्थीलाई प्याकेजमा एक लाख छात्रवृति समेत दिइने बताए ।

उनले शिक्षाका लागि काठमाडौँ पूग्नुपर्ने अवस्थाको अन्त्य हुने गरी कलेज सञ्चालनमा ल्याएको र ४ वर्षे अध्ययन पछि विद्यार्थीलाई युरोपियन देशहरुमा रोजगारका लागि सहज वातावरण सिर्जना गनिे बताए ।

१२ कठ्ठा क्षेत्रफलमा रहेको कलेजमा बास्केटबल कोर्ट, फुटसल,पौडी पोखरी र सभाहल रहनुका अनुकुल वातावरण र सेवा सुविधा सहित १३२ जनाको सिट रहेकाले सुरुमा भर्ना गर्ने १५ जनालाई पनि छुट्टै छुटको व्यवस्था रहेको शिवाकोटीले बताए ।

उनले भने “देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट र ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट अध्यापन हुने छ ।”