बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले चर्चाको विषय के हो ? भनेर सोध्ने हो भने त्यो २५ मिटर प्रकरण भन्ने गरेका छन् ।
हेटौंडामा ताजा विषयनै सडक विस्तार बनेको हो ।
सोही क्रममा हेटोंडा उपमहानगरपालिकाले बुधाबार राती करिब ९ बजे हेटौंडाको बुद्धचोकमा डोजर पुगेपछि बेलुकी सितलताको महशुस गर्न बजारक्षेत्रमा निस्किएकाहरुले एक्कासी डोजर देख्दा तर्सिए ।
सो डोजर सहित नगर प्रहरी, प्रहरीहरु सपहत समुहनै पुगेर हेटौंडाको बुद्धचोकबाट राप्तीरोड तर्फ सडक पेटीमा रहेका फुल र विरुवा सहितका गमलाहरु फटाफट हटाउन सूरु गर्यो । सो कार्य गर्दै गर्दा सडक विस्तार हुन्छ भन्ने पक्का भएको आकलन गर्न सकिन्छ ।
सडक विस्तार आयोजनाको विषयमा केन्द्रित रहेर व्यवसायीहरुले बिभिन्न निकाय र स्थानमा पुगेर ध्यानाकर्षणपत्र बुझाइरहेका छन् ।
विहिबार फेरी हेटौंडाकै बुद्धचोक आसपासमा सडक छेउमा रहेको फलामे रेलिङ्ग काट्न सुरु गयो ।
अघिल्ले दिन रातारात फुलविरुवा सहितका गमला हटाइनु अनि रेलिङ्ग काटेर हटाइनुले सडक विस्तार हुने पक्का नै भयो भन्दै व्यवसायीहरु चोकमा रहेर दिनभरी छलफल गरिरहे ।
उनिहरुबाट चिन्ता र पिडाका भावाना पोखिएका थिए । भन्दै थिए “हामी आधा मरेका छौं । अब पुरा मर्ने भर्यौ ।“
उपमहानगरले उठाएका सो सामाग्री व्यवस्थापन गरिने जनाएको छ ।
बर्षैदेखि सडक विस्तारको अवधारणा अन्तरगर्त डिभिजन सडक कार्यालय हेटौंडाले गएको साउन १० गते हेटौंडामा सडक विस्तार गरिने र स्थायी÷अस्थाई संरचना हटाउन ३५ दिने सुचना निकालेको हो ।
सडक विस्तार गरिने भन्दै जारी गरिएको ३५ दिने सूचनाले हेटौंडा बजार अहिले तरंगित भएसंगै मकवानपुरमा रहेका व्यवसायीक लगायत संघहरुले सडक विस्तारको नममा आर्थिक मन्दि, बैंकको व्याजको मार अनि व्यवसायी संगै घरधनीनै सकिने योजन अघि सार्न नपाइने भन्दै बिरोध पनि गरेका छन् ।गएको अषाढ २२ गते सडक विस्तारको लागि राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाहरुसंगको छलफलमा सडक विस्तारकै पक्षमा सकारात्मक देखिए ।
बैठकमा प्रदेशसभा सदस्य, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेतृत्व, प्रहरी प्रशानस, सरोकारवाला घरधनी, हेटौंडा उपमहानगर मेयर, उपप्रमुख सहितको उपस्थिती रहयोे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा हेटौंडाको सडक विस्तार गर्नुपर्नेमा जोड दिनेहरुको बहुमत भयो ।
मकवानपुरमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राखेको सवैपक्षिय छलफलमा सडक विस्तारका सम्बन्धमा चर्काचर्की पर्यो भने पक्ष र विपक्षमा चर्को वहसमा उपमहानगरकी मेयर मिना कुमारी लामाले हेटौंडा बनाउने कुरामा आइएम रेडी भन्दै आफ्नो तर्क दिइन् ।
व्यवसायीकहरु ले सडक विस्तार संघिय सरकार अन्तरगर्त कार्यमा स्थानिय सरकारको भनाइ प्रति आप्पती जनाए ।
घरधनिको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गतज मात्र बनाएको र यो पटक सूचनालाई वेवास्ता गरिए कानुनी प्रक्रियामा जाने सडक डिभिजनको भनाइ छ ।
सडक विस्तारको विषयमा विहीबार पनि हेटौंडाका व्यवसायी संघहरुले संयुक्त रुपमा मेयर उपमेयर समक्ष पुगेर व्यावसायीले ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।
व्यवसायीहरूले व्यवसायका लागि वैकल्पिक स्थान सूनिश्चित गर्नुपर्ने माग गर्दै वडा ९ , १४ का वडाध्यक्ष सहितको रोेवहरमा हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्र बुझाउँदै मेयर लामा र उपमेयर राजेश वानियाँ समक्ष मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्यालले हेटौंडामा व्यवसाय गरेर बसेका करिबपाँच हजार जना, व्यवसायीहरु विस्थापित हुने र झण्डै १५ अर्बको लागत व्यवसायहरुको स्वाहा हुने भएकाले त्यसतर्फ स्थानिय सरकारले ध्यान दिइनु पर्ने बताएका हुन् ।
उनले सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने÷ वास्तविक लगत लिने, सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्ने माग समेत गरिएको बताएका हुन् ।
हेटौंडा ढुवानी एशोसिएसन अध्यक्ष प्रदीप अर्याल,कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई,ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाई, मकवानपुर भाडाँ व्यवसायी संघका महासचिव सञ्जय प्रसाद रौनियारल लगायतको उपस्थितीमा ज्ञापा पत्र बुझाएका हुन् ।
उपमहानगरको तर्फबाट मेयर, उपमेयर, जिसस, नेपाली कांग्रेस मकवानपुर, नेकपा एमाले मकवानपुर, रास्वा मकवानपुर लगायत बिभिन्न राजनीतिदलमा आवद्धहरुले समेत सडक विस्तार गर्न ऐक्यबद्धता जनाए कै छन् ।
सडक विस्तार सबैको आवास्यक भएकाले बाधा पुर्यायनु भन्दापनि सहयोग गर्न उपमहानगरले अपिल पनि गरे कै छ ।
उता सडक विस्तारमा सर्मर्थन गरेरहेकी छिन् भने व्यवसायीकहरुको अनुरोध पत्रपनि बुझिरहेका हुन् ।यता हेटौंडा उपमहानगरकी मेयर लामाले बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कुनै पनि बाहानामा रोक्न नहुने बताइरहेकी छिन् भने ज्ञापन पत्रपनि बुझिरहेकी छिन् ।
व्यवसायीहरुनै शुक्रबार पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत राजनीति दलहरु समक्ष पुगेर ध्यानाकर्षणपत्र बुझाउदै आफ्नो माग सम्बोधन गर्नकालागि कदम चलाउन अनुरोध गरेका।
यता कसैको घर भत्काइने अभियान नभएर सडक बिस्तारको अभियान रहेको सडक डिभिजनले जनाएको छ ।
सर्वोच्च अदालतको २०७८–०९–१९ को उत्प्रेषण आदेशमा २५-२५ गज (७५-७५ फिट) भित्र पर्ने संरचना भत्काउन मिल्ने उल्लेख छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ । संरचना हटाई फिटभित्र पर्ने संरचना हटाई सडक बिस्तार कार्यमा सहयोग गर्न भनिएको छ ।सडक डिभिजन हेटौंडाले भने ३५ दिन भित्र सडकसिमा भित्र पर्ने संरचना नहटाए आफै हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी दिएको छ ।














प्रतिक्रिया दिनुहोस्