बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले चर्चाको विषय नै सडक विस्तार बनेको छ ।
सोही क्रममा हेटोंडा उपमहानगरपालिकाले बुधाबार राती ९ बजेको समयमा हेटौंडाको बुद्धचोक आसपासमा रहेका फुलका गमलाहरु हटाएको छ ।
हेटौंडाको बुद्धचोकबाट राप्तीरोड तर्फ सडक पेटीमा रहेका फुल र विरुवा सहितका गमलाहरु रातारात हटाएको हटाएको हो ।
सडक छेउछेउमा भएका गमलाहरु हटाउन उपमहानगर डोजर सहित नगर प्रहरी प्रहरी, पुगेका हुन् ।
सडक विस्तार सबैको आवास्यक भएकाले यसमा बाधा पुर्यायनु भन्दापनि सहयोग गर्न उपमहानगरले अपिल पनि गरेको छ ।
बर्षैदेखि सडक विस्तारको अवधारणा अन्तरगर्त डिभिजन सडक कार्यालय हेटौंडाले गएको साउन १० गते हेटौंडामा सडक विस्तार गरिने र स्थायी÷अस्थाई संरचना हटाउन ३५ दिने सुचना निकालेको हो ।
सडक विस्तार गरिने भन्दै सडक डिभिजनद्धारा जारी गरिएको ३५ दिने सूचनाले हेटौंडा बजार अहिले तरंगित भएको छ।
मकवानपुरमा रहेका व्यवसायीक लगायत संघहरुले सडक विस्तारको नममा आर्थिक मन्दि, बैंकको व्याजको मार अनि व्यवसायी संगै घरधनीनै सकिने गरि योजन अघि सार्न नपाइने भन्दै बिरोध गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कुनै पनि बाहानामा रोक्न नहुने बताइरहेकी छिन् ।
सडक विस्तारमा सघाउने नगरसभाबाट निर्णयपछि धम्की आएको बताउँदै आफु सक्किएपनि सडक विस्तारमा सघाउने बताएकी हुन् ।
उनले यसो भन्नु र गमलाहरु हटाउदै गर्दा सडक विस्तारको पक्का भएको संकेत दिएको छ ।
उपमहानगरको तर्फबाट उपमेयर राजेश बानियाँ, जिसस मकवानपुर प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, रास्वा मकवानपुरका सभापति लगायत बिभिन्न राजनीतिदलमा आवद्धहरुले समेत सडक विस्तार गर्न ऐक्यबद्धता समेत जनाएका छन् ।
यता कसैको घर भत्काइने अभियान नभएर सडक बिस्तारको अभियान रहेको सडक डिभिजनले जनाएको छ ।
सर्वोच्च अदालतको २०७८–०९–१९ को उत्प्रेषण आदेशमा २५-२५ गज (७५-७५ फिट) भित्र पर्ने संरचना भत्काउन मिल्ने उल्लेख छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ । संरचना हटाई फिटभित्र पर्ने संरचना हटाई सडक बिस्तार कार्यमा सहयोग गर्न भनिएको छ ।सडक डिभिजन हेटौंडाले भने ३५ दिन भित्र सडकसिमा भित्र पर्ने संरचना नहटाए आफै हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी दिएको छ ।
३५ दिन भित्र सडक सिमा भित्र पर्ने संरचना नहटाए सडक डिभिजन हेटौंडाले प्रहरी प्रशासनको सहयोगमा हटाइने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने जनाइएको हो ।















प्रतिक्रिया दिनुहोस्