मकवानपुरगढी गाउँपलिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले गाउँपालिका अन्तरगत हरेक वडामा बसोबासी वृद्धबृद्धाहरुसंग माया र सद्धभाव साटासाट गरिने बताएका छन् ।

प्रमुख आतिथि रहेका अध्यक्ष स्याङतानले गाउपालिका वडा नं. ३ द्वारा मंगलबार आयोजित लक्षित वर्ग सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा सम्मानित हुने सबैलाइ बधाई दिदै वडा नं. ३ बाट थालनि भएको कार्यक्रम अब हरेक वडामा गरिने बताए ।

हरेक महिनामा जेष्ठ नागरिक, जनप्रतिनिधीसँग भेट कार्यक्रम राखिने र के कस्तो अवस्था छ भन्ने बुझेर कार्य गरिने बताए ।

हरेक वडा वडाको माध्यबाट सुझबुझ गरेर परेका समस्याहरु समेत संकलन गरेर सहज बातावरण बनाइने बताएका हुन् ।

८ वटा वडामा युवा, बालबालिक, शिसु,जेष्ठ नागरिक २४,७४३ जना रहेकामा२२०० जना जेष्ठ नागरिकहरु रहेको उल्लेख गर्दै अबका दिनमा वृद्ध वृद्धाहरुबाट आर्शिवाद लिदै माया साटासाट गरिने बताएका हुन् ।

अध्यक्ष स्याङतानले भने “हामी आफु बनौँ भनेर अघि बढेका छेनौं । हामी तँपाईकै काखमा हुर्केको किसानको सन्तान हौं । तँपाईँले दिनुभएको आर्शिवादले हामी भ्रष्टचारी भएका छैनौं ।”

उनले बर्षौसम्म शिक्षाको क्षेत्रमा रहेर काम गरेको र पछिल्ले समय आफुहरुलाई जनताले चुनाव जिताएर दिएको पुरस्कारको कदर गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, लगायत आवाश्यक विषयमा केन्द्रित रहेर काम गरिने प्रतिवद्धता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष भागवत घिमीरेले कुनैपनि कामले समाज रुपान्तर गर्न एकलमा सम्भव नभएकाले सामुहिकरुपमा अघि बढ्नुपर्ने पाएको सुझाव अनुसार नै आर्थिक बर्ष २०८० – ८१ मा काम गारिने बताए ।

गाउँपालिका वडा नं. ३ का वडा३यक्ष भागवत घिमीरेको सभाध्यक्षता गाउँपालिका अध्यक्ष को प्रमुख आतिथ्यतामा सम्पन्न लक्षित वर्ग सम्मान कार्यक्रममा वडा भित्ररहेका जेष्ठ नागरिकलाई सम्मान गरिको हो ।

उक्त कार्यक्रममा वडाको मातहतमा रहेर गरेको कार्य सम्पादनको मुल्याङ्कन गर्दै पूर्व वडा सदस्य, सहयोगी, कर्मचारी हरुलाई समेत सम्मान गरिएको थियो ।

गाउँपालिका वडा नं. ३ का वडा३यक्ष भागवत घिमीरेको सभाध्यक्षता गाउँपालिका अध्यक्ष को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न राजनितीदलका व्यक्तीत्व, वडा टोलका व्यक्तीत्व, सामुदायिक बनका प्रतिनिधी सञ्चारकर्मी लगायतको उपस्थििती रहेको थियो ।