भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भारतसँगै नेपालमा विवाद र विरोध चर्किँदै गएको छ ।
बाहुबली भनेर चिनिने प्रभास स्टारर अभिनित फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन् भन्ने संवादका कारण विवादमा आएको थियो ।
यसपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फिल्मको विवादित संवाद मूल भागबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने घोषणा गरे ।
मेयर शाहले चेतावनी सहितको फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।
विवादनै विबादमा आएको फिल्म काठमाडौं,पोखरा महानगर र धरान उपमहानगरमा प्रदर्शन रोकिएको जनायो ।
पछिल्लो समयमा फिल्म ‘आदिपुरुष’ को नेपाल वितरक श्री व्यंकटेस इन्टरटेनमेन्टले नेपालका हलमा फिल्म प्रदर्शनमा रोक लगाइएको जनाएको छ ।
कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्ट्याटस लेखेको आधारमा उपत्यकाका हल व्यवसायीहरुले शान्ती सुरक्षाको कारण प्रदर्शन स्थगीत गरेको कारण फिल्म प्रदर्शन बन्द गरेको जनाएको हो ।
महानगरका मेयर शाहले उक्त संवाद नेपालमा मात्र नभई भारतमा समेत नसच्याए काठमाडौं महानगरमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै फेसबुकमा लेखेपछि ‘आदिपुरुष’ को विवाद चर्किएको थियो ।
नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उल्लेख गर्दै सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयलाई पत्र पठाएका थिए ।
यो संगै हिन्दी फिल्म “आदिपुरुष” का संवाद लेखक मनोज मुंतशिरले एक सञ्चारमाध्यमसंगको कुराकानीमा नेपाल पहिले भारतकै अंश थियो भन्दै दिएको अभिव्यक्तीले चौतर्फी बिरोध बढेको हो ।
नेपालको सन्दर्भमा कुरा गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर आएर रामायण रुटलाई प्रवर्द्धन गर्ने उद्घोष गरेका थिए ।
हरेक वर्ष विवाह पञ्चमीमा अयोध्याबाट रामको जन्ती लिएर आउने जनकपुरबाट सीतालाई दुलहीको रुपमा लगिने चलिआएको छ ।
नवलपरासीको भैसालोटन भन्ने ठाउँमा वाल्मिकी आश्रम भएको र सीताले लवकुश जन्माएकी थिइन् । त्यहीं वाल्मिकी रामायण लेखिएको थियो भनिन्छ।
तर, मुंतशिरले भने “नेपालको विरोध मैले बुझ्न सकेको छैन । नेपाल भारतको अंश हुँदाको कहानी हो यो । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको थियो । नेपाल भारतमै थियो । यसकारण सीता भारतकै छोरी थिइन् । यदि नेपालीहरूले सोधेभने म सम्झाउछु । जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थिइन्।”
उनले थपे “देशका हिसाबले हामी फरक हुन सकौंला ।राष्ट्रका हिसाबले नेपाल भारतबाट फरक छैन ।”
‘आदिपुरुष’लाई लिएर नेपाल संगै भारतमा पनि विवादमा तानिदै विरोध चर्किँदै गएको छ ।
भारतमा कथा दृश्य संवाद देखि देखाइएका दृश्य र बिभिन्न कुराको प्रस्तुतीले रामकथाको घोर बेइज्जत भएको बताइरहेका छन् ।
फिल्म ‘आदिपुरुष’ प्रदर्शनको च्याप्टर संगै अन्य भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने भनेपछि झनै विवाद चर्किएको छ भने नेपाल चलचित्र संघका पदाधिकारी लगायत उस विषयको छलफलमा जुटेका छन् ।
फिल्ममा समावेश भनाइको खण्डन गरेपछि मेयर बालेन शाहको चौतर्फी तारिफ भइरहेको छ ।
………………..
भारतीय फिल्म हेरेपछि……
हिन्दू समाजमा गहिरो अर्थ राख्ने रामायणको नामबाट राखिएको छ ।
रामानन्द सागरले यसलाई पूरै भक्ति दर्शनमा आधारित बनाएर अभिनय गरेका थिए ।रामायणलाई पूरै देवतामय बनाइदिएका थिए ।
यस्तो धार्मिक आस्था तथा जीवन पद्धति र आदर्शसँग जोडिएको फिल्ममा राम र सीताको पात्रलाई भगवानको अवतारको रुपमा हेर्न पाइने आसा दर्शकको रहयो ।
रामायणको कथामा कुनै फिल्म बनाउनु धेरै अर्थमा एउटा निकै चुनौतीपूर्ण कार्य थियो ।
दर्शक खुसी थिए । रामानन्द सागरको रामायण टेलिशृंखला हेरेर हुर्कने हरुनै आफने छोराछोरी परिवार लिएर फिल्म हेर्न पुगे । तर, आदिपुरुष हेरेपछि भारतिय निकै दुःखी हुंदै सिनेमा हलबाट निस्किएका थिए ।
किनभने भारतीय हिन्दू समाजको यो एउटा ठूलो आदर्श हो, यसको मूलकथालाई विभिन्न फिल्ममा म सानो हुँदादेखि नै हेर्दै आएको हुँ भनेहरुले कथालाई मजाक बनाइयो भनिरहेका हुन् ।
कुनैपनि कथालाई फिल्ममा उतार्न कथाको मर्म अनुसार,ड्रेस, कला, स्थलका दृश्यलाई पर्दामा उतार्न निर्देशकको महत्वपुण भुमिका हुन्छ । त्यसले गर्दा दर्शकलाइ छुन्छ ।
रामायणको पुनर्उत्पादन भएको हुँदा लामो समयदेखि चर्चा बटुलेर प्रतिक्षामा रहेका ओम राउत निर्देशित तथा प्रभास र कृति सेनन अभिनित ६०० करोड भारुमा नर्माण गरिएको फिल्म ‘आदिपुरुष’ ले दर्शकको चाहाना भताभुङ्ग बनाइदिएको छ ।
……………..
रामायणको कथा करिब तीन घण्टाको यो फिल्ममा रामायणको अयोध्या काण्डभन्दा यसको सुरुबाट किस्किन्धा काण्डबाट गरिएको छ ।
रावणले गरेकामे तपस्या पछि पाएको बरदानको संवाद सुन्दा भक्त प्रल्हादका पिता हिरण्यकश्यपु होकी भन्ने लाग्छ ।
एउटा सचेत दर्शकको हिसाबले हेर्दा प्रसंसा गर्ने ठाउँ भेटिदैन नै मनोज मुन्तशिरले लेखेको कथा तथा ओम राउतले निर्देशन गरेको यो फिल्म हेर्न लायक बनेको छैन् ।
खराब पक्ष पहिलो नै प्रस्तुति र पात्रहरुको रुप हो ।
रावणकी बहिनी सुपर्णखाको लक्ष्मणले नाक काटिदिन्छन् । त्यसको बदला लिन रावणले सीताको अपहरण गर्छ ।
सीतालाई रावणवाट फर्काउँन रामको लक्ष्य ।राम वनास हुदा सिताहरण, भइपरि आउने समय हनुमान, बिभिषण संगको भेट अनि बालीको मृत्यु र सुग्रीबसंगको मित्रता आदिपुरुषमा गरिएको प्रस्तुत हेर्दा हांस्नु बाहेक हामी केही गर्न सक्दैनौ ।
राम, लक्षमण, सिता, हनुमान, सुग्रिव खलपात्र लंकेश्वर रावणको गेटअप ।
सुग्रिव र उनको सेनालाई वानर सेना भन्नु हनुमान सोही स्थानमा हुनु सुग्रिव लगायत अरु पात्रलाई हलिउड मुभिमा देखाइएको गोरिल्लाको रुपम देखाएर पुरै मजाका बनाइएको छ ।
सिताको खोजीमा हनुमान लंका पुग्दा पाताललोक अन्धकार खण्डहरमा पुगेको जस्तो लाग्छ ।
सिता राखेको पुष्पबाटिका हेर्दाै हास्नु बाहेक हाम्रो केही लाग्दैन् ।
रावणले भनेको संवाद कामधाम नइ है क्या बन्दर पकडकर ले आए ?
हनुमान पात्रले बोलेको संवाद कपडा तेरे बापका तेल तेरे बापका आग भी तेरे बापकी जलेगीभी तेरे बापकी प्रस्तुत गरेको लगायतका बिभिन्न संवाद अहिले भारत देखि बिभिन्न मुलुकमा ट्रोल बनिरहेको छ ।
आदिपुरुषका संवाद लेखक एक राम्रो लेखक तथा कवि मानिएपनि मनोज मुंतशिर यसमा चुकेका छन् ।
मुंतशिरले लेखेको संवाद संगै रावण पक्षका पात्रहरु जुन विकृत रुपमा देखाइएको छ त्यसले कहीं कतै न्याय गर्दैन । मेघनाथको नागपासबाट लक्ष्मण मूर्छित हुँदा हनुमानले वृन्दाञ्चल पर्वत उचाल्नुको कारण समेत भताभुङ्ग बनाइएको छ ।
सबै जडिबुटीहरु उस्तै देख्दा पहाडै उचालेको भनिन्छ तर,यसमा लक्ष्मण बाहेक अरुका लागि काम लाग्ने देखाइएको छ ।
रामायणको कथामा लक्ष्मणको उपचार गर्ने रावणकै मुख्य वैद्य शुशैन हुन्छन् जसलाई हनुमानले लिएर आउछन् । तर यहाँ सम्भवतः विभिषणकी पत्नीले उपचार गरेको देखाइन्छ ।
बिहानीको सुर्यदय देखि सुर्यअस्त सम्म युद्ध हुने रामकथामा एकैपटक तिनतिरबाट युद्द गरेको त्योपनि अन्धारमा देखाइदा अखहिलेको पिढीमाथी अन्याय भएको भन्दै आलोचना भएको हो ।
लंकापति रावणको राज्य कुनै पाताललोक जस्तो खण्डर दृश्यले त झनै कथामाथि पुर्ण अन्याय भएको छ ।
रावणको उड्ने वाहन रथ हुनुपर्ने तर,एउटा ड्रागन पंक्षी देखाइनु पाच्य लाग्दैन।
तर, पनि गल्तिको स्वीकार गर्न चाहेका छैनन् मनोज मुंतशिर ।














प्रतिक्रिया दिनुहोस्