“दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित औद्योगिक उत्पादनको बृहत प्रदर्शनी हुँदैछ ।

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोगमा ,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा Futurex Trade Fair and Events Pvt. Ltd. को व्यवस्थापकीय साझेदारीमा  प्रदर्शनी हुने भएको हो ।

यही बैशाख २२, २३ र २४ गते  चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुन गइरहेको “सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी  २०८०” 7th Chitwan International Industrial Exhibition मा औद्यागिक मेशिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी  गरिने जनाइएको हो ।

आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्र,  (Chitwan Expo Center ) भरतपुरमा आयोजना हुन गइरहेको उक्त प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधि सहित निर्माण,कृषि,अटोमोबाइल,फर्निचर,इन्जिनियरिङ,मेटल,फर्मास्युटिकल्स,टेक्सटाइल,  प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक,पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी गरिने भएको आयोजकले जनाएको छ ।

आयोजकले जनाए अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छ । उक्त प्रदर्शनीको धमाधम स्टलहरु ब्ुकिङ हुन थालेका छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने छ ।
अवलोकनकर्ताहरुलाई निशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु,उच्च पदस्थ अधिकारीहरु,उद्योगीका छाता संस्थाका प्रतिनिधिहरुलाई समेत  अवलोकनकर्ताको रुपमा सहभागि भै लाभ लिन आयोजकले अनुरोध गरेको छ ।
उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक  प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई औद्यागिक अनुभव तथा ज्ञान आदान प्रदान गर्ने समेत  महत्वपूर्ण अवसर प्राप्त हुनेछ  ।