नेपालको आर्थिक पाटोमा केन्द्रित रहेर अनुसन्धानमूलक पुस्तक  प्रकाशन हुने भएको छ ।

संघियताको राजनीतिक संरचना सम्बन्धी बिभिन्न पुस्तकहरु प्रकाशन गरिएपनि आर्थिक पाटोको विषयमा पहिलो पटक अनुसन्धानमूलक पुस्तक प्रकाशन गरिने भएको हो ।

मुलुकमा संघियतामा ढल्किएको अवस्थामा यसको आर्थिक पक्षको बिषयमा कम चर्चा भएको र संघिय सरकारले आफ्नो आर्थिक गतिविधि कसरी सन्चालन गरेको छ भन्ने विषयमा प्रष्ट होस भन्ने सोचमा पुस्तक प्रकाशन गरिन लागेको लेखक बिशभ अधिकारीले बताएका छन् ।

संघियताको आधारभूत सिद्धान्तको बिषयमा जानकारी दिन पुस्तकको महत्वपूर्ण भूमिका रहेने विश्वास रहेको अर्को लेखक सागर बरालले बताए ।

पुर्व अर्थमन्त्री तथा अर्थविद डा.प्रकाश चन्द्र लोहनी र राष्ट्रपतिको पुर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालले समेत पुस्तकका लगि शुभकामना दिएको लेखक सम्पुर्ण बस्नेतले बताए ।

शिखा बुक्स पुस्तक प्रकाशक रहेको र लेखक बिशभ अधिकारी, सागर बराल र सम्पुर्ण बस्नेत कानुनका विद्यार्थी समेत हुन् ।