बागमती प्रदेशको राजधानी रहेको हेटौंडा ५ पिप्लेमा रहेको जेनिथ ईन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलले सिटिईभिटीका कार्यक्रमहरु गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै माध्यामिक तहदेखिनै विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच पुर्‍याएर शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रमहरु गर्ने भएको स्कुलले जनाएको छ।
विद्यालयद्वारा तह एकको कमर्शीयल कुकिङ तथा बेकरीको ७ सय ९२ घण्टाको तालिम, ३ सय ९० घण्टाको केयर गिभर तह एक र मन्टेश्वरीदप्रारम्भिक बाल विकास सहजकर्ताको तालिम प्रदान गरिने भएको स्कूलका प्रिन्सीपल श्री बहादुर कार्कीले बताए ।
उनले बताए अनुसार विद्यालयहरुको हकमा भने पहिलो पटक जेनिथद्वारा तामिल प्रदान गर्न लागिएको हो भने सःशुल्कसहित हरेक विषयगत तालिममा ३०र३० जनाले सहभागिता जनाउन सकिने छ ।
सिटी कलेजमा हाल वाणिज्य संकाय र विज्ञान संकाय अध्यापन हुँदै आएको तथा थप अंग्रेजी माध्यममा कानुन विषय समेत पठनपाठन सुरु गरिएको छ ।
कलेजले छिट्टै स्वास्थ्यको ल्यावसहित हेल्थ असिस्टेन्टलगायतका विषयहरु पनि पढाउने तयारी रहेको विद्यालयका प्रशासक सुमन्त सिलवालले बताए ।

कार्यक्रममा विद्यालयकि संस्थापक रमिता पाण्डे, कलेजका वाणिज्य संकायका प्राध्यापक हेमन्त ढुंगेल, कुकिङ तालिमका प्रशिक्षक जयराम पौडेल, केशव अधिकारी, मन्टेश्वरी तालिमकी प्रशिक्षक विभूति अधिकारी, केयर गिभरकी प्रशिक्षक आरती खड्का, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।