कर्णाली प्रदेशको प्रचलनमा  रहेको प्रथालाई  प्रस्तुत गरिएको नेपाली चलचित्र ‘बुलाकी’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

लक्ष्मण सुनारद्वारा निर्देशित फिल्म ‘बुलाकी’को ट्रेलर बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक समेत भइसकेको छ ।
नेपाली चलचित्र ‘बुलाकी’को ट्रेलरमा कर्णाली प्रदेशको क्षेत्रमा प्रचलनमा रहेको समाजभित्रै रहेको जारी प्रथाको विकराल रुपलाई  प्रस्तुत गरिएको देख्न सकिन्छ ।

कर्णाली क्षेत्रको ग्रामीण जीवन, सन्तान नहुँदा वैवाहिक सम्बन्धमा आउने कठिन आस्थामा आधारित रहेको आकलन गर्न सकिन्छ ।

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको ट्रेलरमा जारी प्रथा अन्त्यको आवाज उठाउने प्रयास गरिएको निर्माण तथा कलाकार टोलीको भनाइृ छ ।

ट्रेलरमा चलचित्रमा पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखिएको देखिन्छ ।

चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइसँको अभिनय रहेको छ ।

त्यस्तैगरी प्रकाश कँडेल र सरस्वती खत्रीले डेब्यू गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको चलचित्रमा निर्माता टोपेन्द्र विष्ट हुन् ।

शिव ढकालको छायांकन अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा, निर्मल पौडेल, राजबहादुर साने र निर्देशक लक्ष्मण सुनार तथा विराज विष्टको पटकथा तथा संवाद छ ।