खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
जिल्लामा खेलकुदको गतिबिधीलाई प्रोत्साहन गर्न र खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम गराइन लागेको मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष राजन दाहालको सध्यक्षतामा आइतबार बसेको बैठकले मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
उक्त कार्यक्रम अन्तरगर्त मञ्चका सचिवगणेश दर्पण अधिकारीको संयोजनमा २०८० बैशाख १५ र १६ गते पत्रकारिता तालिम बैशाखकै २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ।
दुबै कार्यक्रम आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ भने बैशाखको २९ र ३० गते सञ्चालन हुने फुटसल प्रतियोगिताका लागि मञ्चले पहिलो पुरस्कार ३० र द्धितिय २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने भएको छ ।
मञ्चको कोषाध्यक्ष रहेका सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा बिदेश रहेकाले बैठकले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।














प्रतिक्रिया दिनुहोस्