बागमती प्रदेशको राजधानी हेटौंडामा जनवादी कलाकारहरुले  संचालन गरेको राष्ट्रका लागि सङ्गीत अभियात्रा हुने भएको छ ।
हेटौंडा ४ मा रहेको रोयल पार्टी प्यालेसमा शनिबार जनसाङ्गितिक प्रस्तुती गरिने भएको आयोजकले जनाएको छ ।

राष्ट्रलाई सहि बाटोमा हिडाउँनका शनिबार दिनको १ बजे देखि  वरिष्ठ जनगायक हरुको  जनसाङ्गितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

हेटौंडा आइपुगेका जनगायकहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई दर्जन भन्दा अधिक कलाकारहरुकोे प्रस्तुति रहने जानकारी गराइएको हो ।

उक्त सम्मेलनमा  वरिष्ठ जनगायकहरु जीवन शर्मा , माधव प्रधान , ओम श्रेष्ठ, उदय श्रेष्ठ र जनवादीदी गितकार तथा सङ्गितकार मणि थापा सहित दुई दर्जन कलाकारहरुकोे प्रस्तुति रहने जानकारी गराइएको हो ।

राष्ट्र सङ्कटमा परेकाले देशलाइ सङ्कटबाट बचाउन आफुहरुले जनसाङ्गितिक अभियान सुरु गरेको वरिष्ठ जनगायक जीवन शर्माले बताए ।

उनले अन्य स्थानमा जस्तै हेटौंडामा पनि कार्यक्रम सफलता पुर्वक सम्पन्न हुनेमा आफू बिस्वस्त रहेको बताएका हुन् ।

त्यस्तैगरी वरिष्ठ जनगायक माधव प्रधानले अभियान कुनै पार्टी विशेष र नेताका बिरुद्दमा नभएर अभियात्रा विशुद्ध रुपमा प्रगतिशील जनसङ्गितकर्मीहरुको एक साझा मंच रहेको उल्लेख गरे ।

विभिन्न कठिनाइहरुमा पनि प्रगतिशील धारालाइ नछाडेका , जनताको सुखी दिन ल्याउनका लागि अहोरात्र खटिएका जनवादी गितकारर, सङ्गितकार र गायकहरु सङ्गीत अभियात्रामा समेटिएको बताए ।

प्रगतिशील गितकार तथा सङ्गितकार मणि थापाले आफुहरु सांस्कृतिक अभियान मार्फत सिङ्गो देशलाइ एक ठाउँमा ल्याउन र जनगितसङ्गितको संरक्षण ,बिकास र समाज रुपान्त्रणका लागि आफुहरु लागी परेको बताएका हुन् ।

अभियानमा जनवादी गितकार, सङ्गितकार तथा गायक चिरन सिको संयोजनमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार ओम श्रेष्ठ, उदय श्रेष्ठ, नारायण शर्मा, निलिमा पुन, मोहित श्रेष्ठ, उदय रिजाल, केशर कालिकोटे, लक्ष्मण पाख्रिन, सन्ध्या मगर, कविता पुन, अनु शर्मा र लक्ष्मी केसी, कर्ण बिद्रोही, मोहित श्रेष्ठ , बिहानी बिक र सुशीलसिंह ठकुरी को साङ्गितिक प्रस्तुति रहने छ ।

कार्यक्रममा उदयिमान जनगायक लक्षमण पाख्रिन , नवजनगायिका अनु शर्माको गित , जनकलाकारहरु कुष्मा मगर र कबिता पुनको नृत्य र जनकलाकारहरु नारायण शर्मा र डमर भण्डारीको अभिनय रहने छ ।