हेटौंडामा फागुन २१ गते शनिवार सुष्मा कोइराला मेमोरियल अस्पतालको आयोजनामा विभिन्न प्रकारका शारिरिक समस्या भएकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।

सुष्मा कोइरालाको आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोगमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिने भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिले जमानकारी गराएको हो ।

विहिबार पत्रकार सम्मेलन गरी उक्त शिविर संचालन गर्न लागिएको जानकारी गराउदै आगोले पोलेको देखि शरिरको भागहरु खुम्चिएको, चलाउन नमिल्नेहरुको उपचार गरिने भएको अस्पताल संचालक समितिका अध्यक्ष उत्सव चौँलागाईले बताए ।

उनले उक्त शिविरमा जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, पाँचभन्दा बढी औँलाहरु टाँसिएको, ओठ तथा तालु फाटेको विरामीहरुको समेत स्वास्थ्य अवस्था परिक्षण गरिने भएको बताएका हुन् ।

त्यस्तै मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने,कान तथा नाक चिरिएको विरामीको समेत स्वास्थय परिक्षण हुने चौँलागाईले बताए ।

उनले बताए अनुसार अनुसार शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने र क्यान्सर भएका विरामीहरु, प्यारालाइसिस लगायतका विरामीको परिक्षण गरिने छ।

२१ गते शिविरमा स्वास्थ्य परिक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएमा त्यस्ता विरामीहरुलाई उपचार अवधिभर खान र बस्न र शल्यक्रिया पनि निःशुल्क हुने छ।

शिविरको लागि सुष्मा कोइराला मेमोरियल अस्पतालबाट २ जना सर्जन र केही डाक्टरहरु आउने छन् भने करिब २ सय विरामी शिविरमा सहभागि हुने अनुमान गरिएको छ । सेवाग्राहीको चाप बढेमा २२ गते पनि शिविर संचालन गरिने छ ।