हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको नेपाल कानुन समाज, नागरिक संवाद केन्द्रको आयोजनमा दिनहुं बढिरहेको चेक बाउन्स बारे अन्तरक्रिया गरिएको छ ।
……………….
यसै विषयमा गरिएको अन्तरक्रियाको भिडियो
Bank|Chek Bounce|चेक बाउन्स बारे आयो यस्तो कुरा |बैंक सङ्ग यसरी…चर्किए ||श्रेस्तेदारले बताए फरक|
…………………….
दिन प्रतिदिन चेक अनादरका घटनाहरु बढ्न थालेका छन् ।
व्यवसायिक कारोबारको क्रममा, लेनदेन व्यबहार मिलाउन तथा रकम ब्याजमा दिने वा सापटि दिएको रकमको सट्टामा चेक लिने दिने प्रचलन बढेको छ ।
पहिलो चेक लेख्ने वा आदेश दिने व्यक्ति (खातावाला), दोस्रो आदेश प्राप्त गर्ने (बैंक) र तेस्रो भुक्तानी प्राप्त गर्ने व्यक्ति (चेक लिई आउने) हुन्छन् । चेकबाट हुने कारोबार बढे संगै चेक काटिएको बैकमा रकम प्रयाप्त छैन भनी चेक नसाटिदा आजभोलि मुद्दा पर्ने क्रम तिब्र रुपमा बढेको मान्न सकिन्छ ।
चेक अनादरमा प्रहरीमा जाहेरी दिएपछि कसुरदार पक्राउ पर्ने र फौजदारीलगतममुद्दा चलाइने व्यवस्था थियो ।
चेक लिएपछि नसाटिएका घटनाहरुले पिडित भएको भन्दै चेक अनादरका मुद्धा लिएर अहिले कोही प्रहरी कार्यालयमा कोही अदालतमा न्याय माग्न पुगिरहेको हामीले पाउछौं ।
यसै विषयमा केन्द्रको सभाहलमा गरिएको जानकारी मुलक अन्तरक्रियाको प्रतुतकर्ता अधिवक्ता राधा कृष्ण मैनाली रहेका थिए भने कानुन समाजका प्रमुख समेत रहेका अधिवक्ता रघुनाथ खरालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराई कानुन संग सम्बन्धित व्यक्तीत्व,सरोकारवाला, व्यवसायी, बैंकसंग सम्बन्धित लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्