हेटौंडा उपमहानगरपालिका ४ मा रहेको एनएस सिनेमा हलमा बिहिबार “निलो फुल” हेर्न पाइने भएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको बिषयमा तयार गरिको चलचित्र “निलो फुल”  फ्रेण्ड्स हेटौंडा मकवानपुरको समन्वयमा   प्रिमियर हुने भएको हो ।

चलचित्रलाई भोली विहान १० सुरु हुने र निःशुल्क हेर्न पाइने भएको छ ।

फ्रेण्ड्स हेटौंडा संयोजक किरण थापाले जानकारी दिए अनुसार  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको बिषय उठान गरि चलचित्र “निलो फुल” तयार भएको हो ।

 

यस अघि काठमाडौँ, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन भइसकेको छ भने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा पुर्व सासंद तथा कलाकार निर्माता निर्देशक सुनिल बाबु पन्तको उपस्थििति रहने छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, महिला अधिकारकर्मी, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, राजनैतिक दलका व्यक्तित्व , सञ्चारकर्मी लगायतले पनि चलचित्र हेर्ने छन् ।

चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतको अभिनय रहेको छ ।