बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शासकिय स्वरुपमा भएकाले समस्या रहेको बताएका छन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले समस्या शासकिय स्वरुपमा भएकाले जसको सरकार भएपनि यही समस्या समाधान नगरेसम्म अस्थिरता रहने बताएका छन् ।
बुधबार हेटौडामा नेपाल कानुन समाजद्वरा आयोजित संघ, प्रदेश, स्थानिय सरकारको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शासकिय स्वरुपकै कारण जसको सरकार भएपनि यही समस्या समाधान नगरेसम्म अस्थिरता रहने बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “एकले अर्कालाई दोष दिएर पानीमाथीको ओभानो बन्न खोज्छौं । तर, अहिले संघिय सरकारको नेतृत्व गरिरहेका नेताहरु र राजनैतिक पार्टीका नेतहरुलेनै जिम्मेवारी लिनपर्छ ।”
उक्त कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चूनौति संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री कार्यालको भूमिका स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनको अवस्था र चूनौति बारेमा जानकारी गराइएको हो।
नेपाल कानून समाजका कार्यकारी सदस्य खिमलाल देवकोटले उद्देश्य माथी प्रकाश पारेका थिए ।
संघ, प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चूनौतिका विषयमा अधिवक्ता मोहन आचार्य र संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री कार्यालयको भूमिका बारेमा नेपाल कानून समाज कार्यकारी सदस्य संविधानसभा सदस्य खिमलाल देवकोटाको कार्यपत्र प्रस्तुति रहेको थियो ।
सभामुख भुवन कुमार पाठक कानून तथा न्याय सह सचिव फणिन्द्र गौतम,नागरिक संवाद केन्द्र, हेटौडा प्रमुख रघुनाथ खराल, प्रधानमन्त्रीको कार्यालय सह सचिव श्री महादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्