हेटौंडा उपमहानगरपालिका –४ पारिजातपथमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लि. मा तल्चा लगाएर सञ्चालक गायब भएपछि बचतकर्ताहरु तनाबमा परेका छन् ।
गएको बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न पुगेपछि कुनै बिदाको दिन नभएपनि ढोकामा ताल्चा लगाएको देखेपछि आफ्नो रकम खाएर भागेको भन्दै बचतकर्ताहरु आत्तिएर संस्थाद्धारा सञ्चालित गार्डेन मार्टमा प्रवेस गर्दै घेरेका थिए ।
घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री हुने गरेको मार्टमा रहेकाहरुले सहकारीसंग कुनै सम्बन्ध नभएको बताएका थिए ।
सहकारीमा आवद्ध व्यक्तीहरुको फोन स्वीचअफ रहेको बचतकर्ताहरुले बताएका छन् ।
सहकारी बन्द गरेर सञ्चालक फरार भएको र करोडौं रुपैयाँ बचत जोखिममा परेको भन्दे बचतकर्ताहरुले गुनासो गर्दै बिभिन्न स्थानमा गइरहेका छन् ।
भौतारीरहेका बचतकताहरु भन्छन् ” हामीले खाई नखाई केही गरौं भनेर बचत गरेको सहकारी भागेको छ । के गर्ने? सहकारी राख्दा हेर्ने निकाय त होला । खोज्नु पर्यो कार्वाही गरेर पिडितलाई न्याय दिलाउन पर्यो ।”
बचतकर्ताहरुले बताए अनुसार करिब एक महिना अघिपनि बचत फिर्ता मागेको र ढोकामा ताल्चा लगाएरै जिल्ला प्रहरी मकवानपुर पुगेर एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो ।
रकम फिर्ता गर्ने सहमतिको समय सकिएसंगै हाल सञ्चालकहरू फरारछन् ।
हेटौंडामा सहकारी संगै २०७७ पुष ६ गते १६ औं शाखाका रुपमा करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन भएको हो।
सोही समयमा मार्ट करिब ३ करोड रुपियाँको लागतमा डिपार्टमेन्ट स्टोर सञ्चालन गरिएको र यसअघि डडेल्धुरा, भक्तपुर, पोखरा, चितवनको भरतपुर र टाँडी, सुर्खेत, अत्तरीया, बाग्लुङ र गाइघाटपछि हेटौंडामा खोलिएको बताइएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा सेवा केन्द्र र डिपार्टमेन्ट स्टोरको उद्घाटन गरिएको थियो । हेटौंडा शाखा प्रबन्धक वासु भुषाल, सहकारीका प्रतिनिधि, स्टोरका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।
यस्तैगरि नेपालको बिभिन्न स्थानमा पनि यही हालत भईरहेको भन्दै बिभिन्न सञ्चार माध्यममा आइरहेको छ
यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीले एक विज्ञप्ति जारी गरिसकेको छ ।
आफ्नो ध्यानाकर्षण भएको जारी गर्दै सहकारी हेटौँडाका सञ्चालक सुशील बानियाले बचतकर्ताको करोडौ रकम लिएर कार्यालय बन्द गरी भागेको विषयले बचतकर्ताहरू पिडित भएकाले पीडितहरूको आन्दोलनमा आफूहरूको ऐक्यवद्धता रहेको जनाएको छ ।
सहकारी संस्थालाई कानुनको दायरामा ल्याई पीडितहरूको बचत ब्याजसहित फिर्ता दिलाउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको जनाएको हो।
जनतामाथि ठगि गर्ने जुनसुकै सस्था बैंक, मिटरब्याज, वित्तीय बैंक र सहकारी बैंकमाथि आफूहरूले निगरानी गरिरहेकोले यस्ता कार्य गर्ने विरुद्ध भौतिक कारवाही गर्ने समेत चेतावनी दिइएको जनाएको हो ।















प्रतिक्रिया दिनुहोस्