नेपाली कांग्रेस मकवानपुरको सभापति बनेका बुद्ध लामाले अबका दिनमा कांग्रेसलाई एकढिक्का बनाई सबैलाई समेटेर काम गर्ने बताएका छन् ।

सभापतिको युद्धमा आनन्दराम पराजुली,जयराम लामिछाने र बुद्ध लामा रहेका थिए  ।  ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको थियो भने इन्द्र बहादुर बानियाको सर्मथन रहेको लामा सहमतीमै सभापति बनेपछि यस्तो बताएका हुन् ।

सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा खसेको मतमा पराजुलीले ५४५ लामाले ५९२ लामिछानेले ५३१ मत प्राप्त गरे भने १०७ मत बदर भयो।

५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको थियोभने बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थानमा परेपछि  दोस्रो चरणमा पराजुली र लामाबीच चुनावी  युद्ध हुने भएको थियो ।

सहमती निमार्ण गरि सभापति बनेपछि नेपाली कांग्रेसलाई महत्वपुर्ण पाटी बनाएर लैजान आफु हरसमय सक्रिय रहने  र एक व्यक्तीको जित नभएर  सिङ्गो नेपाली कांग्रेसले जित हासिल गरेको लामा बताउछन् ।

सहमती नै गर्नुथ्यो भने ३ प्रतिस्पर्धी हुने बेलैमै किन सहमती हुन सकेन ?  लामालाई सभापती बनाउने र तँपाई विपक्षमा रहन’भएका पराजुलीलाई अन्य स्थानमा सेटल गर्ने  भन्ने योजनामा  इन्द्र बानियाको साथले सभापति हुनुभएको हो ? भन्ने बाहिरी आकलन रहेको अवस्थामा छ त ? अब कसरी अघि बढ्नुहुन्छ योजना के छ ?

भनि गरिएको प्रश्नमा  कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएका  लामा भन्छन्  “कांग्रेसको नेतृत्वमा हामी ३ जना नै योग्य हो , हामी ३ प्रतिस्पर्धी भएर चुनावी प्रक्रियामा गयौँ । हम्रो पाटीको बिधान अनुसार ५१ प्रतिसत हुनुपर्नेमा  प्रतिसत नपुगेपछि  पहिलो,दोस्रो विच पुनः निवार्चन गराउनुपर्ने र तेस्रो बाहिरीनुपर्ने भयो । हामीविच छलफल भयो पराजुलीलेले  मलाई सर्मथन गर्दै  सहमती हुनुभयो । कुनै एकको नभएर सिंगो कांग्रेसकै साथ हो । आकलन भनेको जसले जे गर्दापनि हुन्छ ।  तर, विगतमा मेले पनि धैरे नेताहरुलाई साथ दिएको छु । आज मलाई सर्मथन गर्नु भएको छ , नेता कसैको पेवा होइन् । कसैलाई कतै सेटल भन्ने कुरा हुदैन। यो कांग्रेसको नेतृत्व हो । विश्वास गरेर साथ दिनेगरि सहमति हुनु भएको हो ।यो साथ माया र विश्वासमा कुठाराघात हुन दिन्न । हमीले पाएको मत बराबर माया र साथ बराबर हो । गर्भिलो,गहकिलो र भारी संगै आउने  चुनौतीलाई  सामना गरेर नेपाली कांग्रेसलाई महत्वपुर्ण  बनाउने तर्फ म केन्द्रित हुन्छु ।  व्यक्तीगत स्वार्थमा नरहेर पार्टीको हितमा  सकारात्कम काम गर्ने र कांग्रेसलाई सबै तहमा स्थापित गर्ने मेरो पुर्ण पहल हुने छ ।”

.…………………………………………………………

 

नेपाली कांग्रेस मकवानपुर अधिवेशनअन्तर्गत पदाधिकारी तर्फको अन्तिम परिणाममा ५ जना संस्थापन इतरबाट र एकजना मात्र संस्थापन पक्षबाट विजयी भएका छन् भनेमकवानपुरमा संस्थापनको नेतृत्वमा बुद्ध लामा र इतरको नेतृत्व जयराम लामिछाने रहेका थिए ।
कुल १७ सय ७१ मत गणनाहुँदा इतर तर्फका उपसभापतिमा आनन्द कठायतले ६११ र धर्म लामिछानेले ६०६ मत प्राप्त गरेका हुन् ।
उप सभापतिमा गोपीलाल विश्वकर्माले ५४२, रामबाबु बानियाँ ४८७, भीम लामाले ४६३, रमेश गिरी ३५३, चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरेका हुन् ।
सचिवमा पनि इतरबाट भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन् ।
संस्थापन पक्षका यतिराज सापकोटा ५४८, अर्जुनप्रसाद चौलागाईंले ३९७, प्रदिप कोइराला ३६८ र मानबहादुर पाटा मगर २५० मत प्राप्त गरेका छन् ।
सहसचिवमा संस्थापन इतरबाट इन्दिरा न्यौपानेले ८५० र संस्थापनबाट ताराचन्द्र बजगाईंले ५६२ मत प्राप्त गरेर विजयी भएका छन् ।
सहसचिवमा मिरा स्याङतान ५२०, रत्नबहादुर गोले ४१४, अर्जुनप्रसाद तिवारी ३६२, कृष्णप्रसाद दाहाल २६९ र सुमन कार्की १२६ मत प्राप्त गरे ।
संस्थापन पक्षबाट सभापतिमा रहेका दुई उम्मेदवारमा इतर समूह भएसँगै सभापतिमा निर्वाचित हुदै लामाले नेतृत्वको जिम्मेवारी पाएका हुन् ।