बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार ११ गतेदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न दर्शकहरु उत्साहित हुँदै पुगेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीमा रमाउनका लागी दर्शकहरु पुगेका हुन्।
हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शनिबार दर्शकहरुको अत्याधिक घुइँचो बढेको थियो।
युवा पुस्तामा चर्चित रहेका गायक निशान भट्टराई, प्रताप दासको सांगीतिक प्रस्तुती हेर्न पनि अत्याधिक दर्शकहरु पुगेका हुन् ।
अन्य दिन भन्दा आज शनिबार दर्शकहरुको अत्याधिक चाप बढेपछि व्यवसायकालागी राखिएको स्टललै तोडफोड भएर क्षति पुगे छ ।
सोही क्रममा स्टल नं ५६, २६८, २६९ र २७० मा छति पुगेको हो ।
मेला भर्न र मेला भरेर निस्कने दर्शकहरुको अध्यिाधिक बढेको चापका कारण निस्सासिएर मर्नेनै स्थिति भएपछि स्टलै फोडेर दर्शकहरु निस्कने प्रयास गरे । स्टलमा रहेका सामाग्री नोक्सानी भएको छ ।
भिडका कारण मेलाभर्न आउने दर्शकहरुले बाध्यताले स्टल भत्काएर जानुपरेको उल्लेख गर्दै स्टलको क्षमता भन्दा अधिक दर्शक प्रबेश गराएका कारण सो अवस्था आएको भन्दै बिभिन्न व्यक्तीहरुले गुनासो गरे ।
दर्शकहरुको अत्याधिक चाप बढेको कारण आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक समेत लगाएको थियो ।
टिकट विक्रीमा रोकलगाएपछि मेलाभर्न आउने दर्शकहरुले आयोजक प्रति आक्रोश पोखेका थिए ।
यसैविच वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले यसका विषयमा चासो लिइने बताए ।
महोत्सब व्यवसायिककै लागी गरिएको र मार पर्न नदिइने बताएका हुन् ।
भिडभाड बढेपछि सुरक्षाका लागी प्रहरी प्रशासन सहित आफुहरु पनि खटिएको बताए।














प्रतिक्रिया दिनुहोस्