बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार ११ गतेदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न पुगेका दर्शकहरु उत्साहित छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु रमाइरहेका छन् ।
महोत्सवको आज बुधाबार आठौं दिन पनि महोत्सव अवलोकन गर्न आएका दर्शकहरु गीतसंगीतमा मज्जाले झुमेका हुन् ।
युवापुस्ताका मनपर्ने गायक युवराज चौलागाईले लैजा चरी, तिम्रा डोला डोला हातमा, टुनमा को धुनमा, तिमिलाई के भनौं लगायत विभिन्न गीतहरु प्रस्तुत गरे। उनको गीतसंगीतमा दर्शकहरु लठ्ठ पर्दै झुमेका थिए ।
संगै गायक विश्व नेपाली र गायिका शीलु भट्टराईको सांगीतिक प्रस्तुती र साथै कमेडियन सुदीप थापाको प्रहशनले दर्शकहरुको ध्यान तानेको थियो ।
महोत्सवमा आयोजना गरिएको हेटौंडा आइडल गायन प्रतियोगितामा भोटिङ राउण्ड पनि सुरु भएको छ ।
टप टेनमा पर्ने प्रतिस्पर्धीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने आइडल व्यवस्थापन समिति संयोजक अंकिता सुमार्गीले बताइन् ।
हेटौंडा आइडलको सर्टफर्म एच.आई. स्पेस प्रतिस्पर्धी टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।
…………….
मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।
मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकी स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु दिइरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्