बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न पुगेका दर्शकहरु उत्साहित देखिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज शनिबार कमेडियन राजा राजेन्द्र पोखरेल, गायिका टिका प्रसाई र गायक किरण भुजेलको उपस्थिति रहने छ ।
मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने जनाइएको हो भने मेलामा आज पोखरेल, प्रसाई र भुजेलले आफ्नो जोडदार प्रस्तुती दिने भएका हुन् ।
शनिबार महोत्सवमा हेटौंडा अस्पतालका डाक्टरहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण समेत हुनेछ ।
संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो ।
२०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको संघले २०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो। यसपटक जारी व्यापार महोत्सव २०७९ सभ्य र भव्य बनिरहेको आयोजकले जनाएको छ ।
आयोजकले दिएको जानकारी अनुसार १५ गते आइतबार गायक रमेशराज भट्टराई, मञ्जु पौडेल र कमेडियन सिता न्यौपानेको प्रस्तुती संगैस्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।















प्रतिक्रिया दिनुहोस्