प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको आज दोस्रो दिन मेला भर्न आउनेहरु उत्साहित देखिएका छन् ।

संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।

२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको छ ।महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।

प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिका सहित बिभीन्न निजी क्षेत्रका उद्योगहरुले पनि सहयोग गरेको हो।१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान छ।मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।

महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने छ ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रर्वद्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत गराइने छ।तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०,३० हजार, द्वतियहुनेले २०,२० हजार र तृतिय हुनेले १०, १० हजार र सान्त्वले ५,५ हजार प्राप्त गर्ने छन् ।