मकवानपुर उद्योग वाणिज्य संघको प्रवक्तामा उज्वल चौलागाई चयन भएका छन्।

संघको एशोसियट उपाध्यक्ष समेत रहेका संघका चौलागाईलाई मंगलबार बसेको संघको बैठकले प्रवक्तामा चयन गरेको हो ।

संघको अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षतामा बसेको बैठकले संघको विधानमा पदाधिकारीबाट प्रवक्ता चयन गर्ने उल्लेख बमोजिम प्रवक्ता तोकिएको संघले जनाएको छ ।

संचारउद्यमी समेत रहेका चौलागाई २०७१—७४को कार्यकालमा सचिव रहेका थिए भने संघको उपाध्यक्ष सहित प्रवक्ता भएका हुन्।