कानुनी प्रक्रियाको तर्फबाट वकालत गर्दै न्यायका लागी सक्रिय अधिवक्ता अप्सरा बस्नेतको आफ्नै वकिल कार्यालय शितल दर्शन ल फर्मको उद्घाटन भएको छ ।
लालरत्न मिडिया प्रा.लि. द्वारा सञ्चालित रातो समाचार डट कमको कानुनी सल्लाहकार समेत रहनुभएको अधिवक्ता बस्नेतको ल फर्मको उद्घाटन गरिएको हो ।

केही दिन अघिमात्रै जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा निर्वाचित हुन सफल अधिवक्ता बस्नेतले आफुले सुरु गरेको ल फर्म मार्फत कानुनको पक्षबाट सहयामेगको अपेक्षा लिएर आउनेको सधै सेवा गर्ने बताइन् ।

उनले सधैव सत्यको पक्ष लिने र असाहय, महिला, बालबालिका, वृद्ध र पिडितको पक्षबाट वकालत गर्ने र न्याय दिलाउनेमा अग्रसर रहने बताइन् ।
आज शुक्रबार बिहानै अधिवक्ता केशव काफ्लेले उद्घाटन गरेका ह्न् ।
उक्त कार्यक्रममा कानुनसंग सम्बन्धित व्यक्तीत्वहरु, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्