मकवानपुर \ बैंकको चर्को व्याजदरले व्यवसायीहरूमा डिप्रेसनको खतरा भएको सरोकारवालाहरूले बताएका छन् ।
हरेक व्यवसायीहरुले व्यवसाय गर्न स्तर अनुसार लघुवित्त, सहकारी,बैंक लगायतका स्थानबाट ऋण लिएरै व्यवसाय गरेको अवस्थामा पछिल्लो समय बैंकले चर्को व्याजदर र झनै वृद्धि गर्दा निकै मारमा परेको बताएइरहेका हुन् ।
व्वसायीहरुको अवस्था नाजुक बन्दै गएको र त्यसले गर्दा डिप्रेसनको खतरा संगै आत्महत्याको अवस्था आएपनि कसनै सुनुवाइ नभएको र व्यवसायीहरुको अवस्था धारासायी बनेको बताएका हुन् ।
देशको अर्थतन्त्रको असहज परिस्थितिले देशभरका सबै व्यवसायीहरु मर्कामा परेको भन्दै मकवानपुरका उद्योगी तथा व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् ।
आइतबार मकवानपुर उद्योग वाणिज्य संघको हलमा व्यवसायीहरुको उपस्थितीमा गरिएको पत्रकार सम्मेलनमा
व्यवसायीहरुले गरेको माग रआन्दोलनका कार्यक्रमहरुका बारेमा जानकार िगराइएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघघ मकवानपुर अध्यक्ष स्वागतराज प्याकुरेल,नारायणी यातायात व्यवसायी संघ अध्यक्ष हिरालाल श्रेष्ठ,निर्माण व्यवसायी संघ अध्यक्ष श्याम सुन्दर ढकाल, होटल एसोशिएसन अध्यक्ष दिलिश गोविन्द जोशी र वस्तुगत समन्वय समिति संयोजक राजुअधिकारी सहित मकवानपुरका वयवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री तथा गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।
आइतबार पत्रकार सम्मेलन पश्चात उद्योग वाणिज्य संघबाट र्याली सहित पिपलबोट, बुद्धचोक, स्कुलरोड, पारिजातपथ, संगमचोक, मानचोक हुंदै जिल्ला प्रशासन पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै संघको संयुक्त आयोजनामा व्यवसायीहरुले माग बारे बताए ।
माग सम्बोधन नभएमा व्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएमा बिभिन्न आन्दोलनको तयारी गर्ने बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्