नेपाली चलचित्र “तिम्रो मेरो साथ” को निर्माण तथा कलाकार टोली हेटौंडा आइपुगेका छन् ।

चलचित्रका निर्देशक तथा निर्माता रमेश एमके पौडेल र कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टोलीले आएका हुन् ।

नेपाली चलचित्र तिम्रो मेरो साथ को निर्माण तथा कलाकार टोली प्रचार प्रसारका लागि हेटौंडा आएका हुन् भने हेटौंडामा बुधाबार गरिएको पत्रकार सम्मेलनमा आउदो पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको बताएका छन् ।

लामो समय सञ्चार जगतमा रहेर काम गरेका पौडेल नै चलचित्रको निर्माता हुन् भने यही चलचित्रमा निर्देशन समेत गरेका
पौडेलले चलचित्रलाई हेर्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीको रुपमा वीरगञ्जमा रमेश समवेदना पौडेल भनि परिचित भएका पौडेलले सञ्चारकर्मीले बनाएको र अभिनय गरेको चलचित्रलाई माया गरिदिन आग्रह गरे ।

पुस २९ गते नेपालभर एकसाथ प्रदर्शन हुनुको साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।

हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी लगायत बिधिन्न बिधामा पोख्त सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन९खबपु० लगायतको अभिनय रहेको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरका कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी लगायतको उपस्थिति रहेको थियो