हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनार सहितका समुह हेटौंडाको मुटु बुद्धचोक नजिकै  विगत २ साता देखि धर्नामा  छन् ।

हेटौंडाको मुटु बुद्धचोक स्थित नियमराज शाक्यको घरमा भएको भाँडा पसल अगाडी नियमराज शाक्यको घरमा भएको भाँडा पसल अगाडी  बुद्धचोकको उत्तरतर्फ त्रिभुनव राजपथको बायाँ किनारमा  “जगतबहादुर सुनारलाई न्याय दिलाऔँ अभियान अन्तरगर्त “२५ वर्षदेखि  मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ नियमराज शाक्य मेरो जग्गा फिर्ता गर।” कालो व्यानर लिएर धर्नामा बसिरहेका छन् ।

दृष्टिबन्धकमा राखेको  वडा नं. १३ को ११ कठ्ठा १६ धुर जग्गा राजिनामा गराई फिर्ता नदिएको आरोप सहित धर्ना दिएका हुन् ।

 

हेटौंडा उपमहानगरका नियमराज शाक्य बाट व्यवसायको लागि रु. ५० हजार रुपैंया ऋण लिएर दृष्टि बन्धक रोक्का राख्ने भनिएको अवस्थामा जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको जगतको आरोप छ।

आफुनो बाबु लाल बहादुर सुनारको नाममा हेटौंडा–१३ पदमपोखरीको ११ कठ्ठा १६ धुरजग्गा २५ बर्ष अघि २०५६ सालमा नियमराजसंग दृष्टिबन्धकी भनेर  ५० हजार रुपैयाँ लिएको जगत बहादुरको भनाई छ ।

उनले बताए अनुसार उक्त ऋण वापदको रकम र ब्याजसहित फिर्ता लिएर  जग्गा फिर्ता माग्दा पनि नियमराजले  रकम लिएर जग्गा पिलर्ता दिन नमानेको जगत बहादुरले बताई रहेका हुन् ।

दृष्टिबन्धकी भनेर राखिएको जग्गा फिर्ता गर्न नगरेपछि सडकमा धर्ना दिनु परेको दुखेसो पोखेका छन् ।

उनले घटना १९ बैशाख २०५४ सालको भए र १० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएपछि ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहेको बताउछन्।

स्थानीय समाजसेवीहरुले  ‘लोभलालज बन्द गर, सामन्ती चरित्र देखाउन पाईदैन, अर्काको जग्गा खान पाईदैन, पीडितलाई न्याय दे’ न्याय मागका लागि लेखिएका नारा अंकित पम्प्लेट हतमा लिएर धर्नामा साथ दिएका छन् ।

जगत अन्यायमा परेको भन्दै  न्याय पाउनुपर्ने र पिडितको यसरी जग्गा खान नपाइने भन्दै बिभिन्न व्यक्ती युवा देखि छिमेकीहरुको समेत भनाई छ ।

यसरी हेटौंडाको मुटुमै न्याय माग्दै नारा प्रर्दशन भएको दुई साता  नाघेपनि प्रत्येक दिन बिहान साँढे ८ बजेदेखि साँढे ९ बजेसम्म बसेको धर्नालाई हेर्दै नागरिकदेखि प्रदेशका उच्चपदका ब्यक्ति  हिड्छने गरेपनि गम्भिर विषय न बनाइएको जगत बहादुर सुनारलाई न्याय दिलाऔं अभियान अन्तरगर्त का अभियन्ता विशालराज महत बताउँछन् ।

मंसिर ११ गते आइतरबार शाक्य समुहद्वारा सुनारमाथि हातपात र दुब्र्यवहार समेत भएको बताए।

यसरी  सडकमा जनता न्याय चाहियो भन्दै गर्दा पनि  निकासा दिने तर्फ ध्यान नपुग्दा आगामी दिनमा अप्रिय घटना हुन सक्ने सम्भावाना रहेकाले वार्ताबाटै समस्या समाधान गरिदिन जनप्रतिनिधिलाई आग्रह गरिएको अभियन्ता महतको भनाइ छ ।

विगत २५ वर्षदेखि अल्झिएको जग्गा बिवादले निकास पाएको भने छैन ।

धर्ना सुरु गरेसंगै यता  मंसिर ४ मा तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा राजनिति दलदेखि बिभिन्न व्यक्तीहरु गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धता सहितको प्रचारमा व्यस्त रहेका थिए ।

निर्वाचनलाई मध्यनजर गर्दै केही दिनका लागि धर्ना कार्यक्रमलाई स्थगित गरेका थिए ।

बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै  यसरी धर्ना बसिरहदा न कुनै उम्मेदवार न कुनै राजनितिज्ञ कसैको नजर परेन तर,निर्वाचन लक्षित गरेर बिभिन्न स्थानमा पुगिरहे ।

मंंसीर ४ गतेको निर्वाचन सम्पन्न पछि पुनः जगतबहादुर सहितले धर्ना दिइरहेका हुन् ।

जग्गा फिर्ताको माग सहित धर्नाको  ११ औं दिनमा नियमराज सहित उनका पक्षका रुपकराज बज्रचार्य सहितको समुहले आफ्नो बाटो अवरोध गरेको भन्दै हातपात गर्दै दुब्र्यवहार गरेका थिए ।

उनिहरुलेआफ्नो नाम प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै आइताबार जगतबहादुर पक्षलाई धकेलेर हातपात समेत गरेका थिए भने, झडपको अवस्था आएको थियो ।

यसै विषयमा बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै यसरी धर्ना बसिरहदा सहजी करणमा किन जोड नदिएको ? भनि गरिएको प्रश्नमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवंम् न्यायक समिति संयोजक राजेश बानियाले मुद्धा न्यायलय सम्म पुगेकाले यसमा आफुहरु बोल्न नमिल्ने बताए ।

तर, पनि दुबै पक्षलाई बोलाएर छलफल गरि सहजिकरण गर्ने बताए।

उनले भने  “मुद्धा न्यायलय सम्म पुगेकाले यसमा बोल्न मिल्दैन । छलफलका लागि बोलाउदा नियमराज आउनु भएको छैन । छलफल गरि सहजिकरण गर्छु ।

यही भने अनुसारै  यसै विषयमा  छलफलका लागि जगत सहित समुहनै उपमेयरको कार्यकक्षमा पुगेको थिए ।

बर्ता गर्नकालागि पटक पटक अनुरोध सहित फोन गरेर  उपमहानगरपालिकाका उपमेयर एवंम् न्यायक समिति संयोजक राजेश बानियाले  बोलाउदा नियमराज शाक्यले टेरेका छैनन् भने उपमेयर बानियाको बोली शाक्यले पानीमा बगाएका छन् ।

शुक्रबार बिहान ११ बजे दुबै पक्ष बसेर छलफल गर्ने भनि तय गरिएको छलफलका लागि स्थानिय तहका पदाअधिकारीले बोलाउदा समेत सहजै वेवास्था गर्दै  शाक्य नआएका हुन् ।

बानियाले फोन गर्दा स्वास्थ्य ठिक नभएको र जगतको माग के हो बुझेर आफुलाई जानकारी गराउन भनेका हुन् । आफु भने बार्तामा उपस्थित हुन नसक्ने भन्दै फोन काटेका थिए ।

छलफलका लागि आएका जथत सहितका समुहले स्थानिय सरकारमा भएको जनप्रतिनिधहरुको कुनै अर्थ नभएको भन्दै आक्रोसित भएका थिए ।

दिनहुं जगत पक्षहरु बार्ता गरि छलफलबाट टुंग्याउन  न्यायको माग सहित धर्नामा बस्ने र  नियमराजपक्षले मुद्धा अदालतमा भएको भन्दै  बार्र्ताबाट टाढिएका छन् ।

किन परेन नजर ?यसमा चासो कसको हुनुपर्ने ? यो विगत  २५ वर्ष देखिको जग्गा विवाद र समस्या समाधानको जिम्मेवारी लिने कसले ?