हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनार सहितले हेटौंडाको मुटु बुद्धचोक स्थित नियमराज शाक्यको घरमा भएको भाँडा पसल अगाडी केही दिन देखि धर्ना दिएका छन् ।

तत्तकालिन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएर लिएको ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको लागि आफु धर्ना बस्न बाध्य भएको सुनारले बताए ।

उनले घटना १९ बैशाख २०५४ सालको भए र १० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएपछि ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहेको बताउछन्।

धर्नामा  “२५ वर्षदेखि  मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ नियमराज शाक्य मेरो जग्गा फिर्ता गर।”

लेखिएको व्यानर सहित धर्नामा बसेका हुन् भने विगत २५ वर्षदेखि अल्झिएको जग्गा बिवादकोे टुङ्गो लागेको छैन ।

यसैक्रममा नियमराज शाक्य सहितले धर्नाका बसेको विषयमा अबरोध समेत गरेका छन् ।

आफ्नो नाम प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै आइताबार अबरोध गर्न खोजेपछि जगतबहादुर पक्ष र नियमराज पक्ष विच भनभन हुदै झडपको अवस्था आएको थियो ।

जग्गा फिर्ता गराई पाउँ भन्दै केही दिनदेखि धर्ना दिएका पक्षहरुले धर्नामा यसरी हस्तक्षेप गरेकोमा आक्रोसित भएका थिए ।
सोहीत्रलममा प्रहरी आएपछि बिवाद रोकिएको थियो ।

यसै विषयमा बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै यसरी धर्ना बसिरहदा सहजी करणमा किन जोड नदिएको भनि गरिएको प्रश्नमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवंम् न्यायक समिति संयोजक राजेश बानियाले मुद्धा न्यायलय सम्म पुगेकाले यसमा आफुहरु बोल्न नमिल्ने बताए ।

बानिया भन्छन् “तर, पनि दुबै पक्षलाई छलफलका लागि बोलाउदा नियमराज आउनु भएको छैन । दुबै पक्षलाई बोलाएर छलफल गरि सहजिकरण गर्छु ।”