मकवानपुर घर जग्गा व्यावसायी संघका अध्यक्ष घुर्ब घिमिरेले हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामा द्वारा अभद्र व्यबहार भएको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरणको विषयलाई कार्यान्वयन गर्ने सम्बन्धमा आलटाल समेत गरेको भन्दै संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमापुगेर पटक–पटक लिखितरमौखिक जानकारी गराउँदा समेत उपमहानगरपालिकाले कार्यतर्फ बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

यसैविच अध्यक्ष घुर्ब घिमिरेले सहित टोलीनै हेटौंडा उपमहानगरपनि पुगेर मेयर लामा द्वारा अभद्र व्यबहार भएको भन्दै प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सरकारले दिएको अधिकारलाई स्थानीय सरकारले कार्यान्वयन गरिदिनुपर्ने भन्दै मेयर भेट्न जाँदा गरिएको अभद्र व्यवहार विरुद्ध ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए ।

विषय. ध्यानाकर्षण सम्बन्धमा
यस मकवानपुर घरजग्गा व्यवसायी संघ “व्यवस्थित सहर सुरक्षित आवास” भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको सर्वविदितै छ। नेपाल सरकार मन्त्री परिषद्को गत असार २३ गतेको निर्णयले स्थानीय निकायलाई जग्गा वर्गीकरणको अधिकार प्रत्यायोजन भएबाट हामी सम्पूर्ण व्यवसायी तथा यस सँग आश्रित सम्वद्ध सबै सरोकारवाला आफ्नो दैलोको सरकारमा अधिकार प्राप्त भयो भने हर्षित भएका थियौं।
यसै बिच हेटौंडा उपमहानगरपालिकाको हकमा सबै वडा तहबाट जग्गा वर्गीकरण सम्बन्धि सम्पूर्ण कार्य सकेर विभिन्न मितिमा कानूनले तोकेबमोजिमको सूचना टाँस गरी हेटौंडा उपमहानगरपलिकाको कार्यपालिकाको बैठकबाट निर्णय भई नापि कार्यालय, मकवानपुर र मालपोत कार्यालय, मकवानपुरलाई पत्राचारको मात्र काम बाँकि रहेको अवस्थामा पटक-पटक पत्राचारको लागि अनुरोध गर्न जाँदा आलटाल गरी पत्रचारका लागि वेवास्ता गरिएको बुझिएको हुँदा पत्राचार किन ढिलो भयो भनी संघका अध्यक्ष तथा सल्लहाकारले नम्रत्रा पूर्वक जिज्ञासा राख्दा नगर प्रमुख ज्यूले आफ्नो पदीय मर्यादा र गरिमा बिर्सी एक्कासी के लोपार्छस लोपार ! जस्तो कर्णकटु तथा अभद्र शब्द प्रयोग प्रति यस संघ घोर भर्त्सना गर्दछ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक आम्दानीको मूख्य स्रोत घर जग्गा व्यवसायलाई नजर अन्दाज गर्ने निकृष्ट दृष्टीकोण अति निन्दनिय छ । वर्गीकरण कै कारणले घर जग्गाको कारोबारमा मन्दी आई कयौं सामाजिक कार्य नै अवरोध भएको, असाधारण रोग लागेका व्यक्तिहरूले उपचार गर्न नपाएको, बास्तविक अंशवण्डा रोकिएको तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको चर्को दवाब खप्नु परेको र अधिक व्याजी (मिटर व्याजी) हरूको बजारमा दवदवा रहेको यथार्थ छर्लङ्ग छ । यस्ता जनजीविकाको सवाललाई सम्बोधन गर्न सुझाउदा उल्टै खप्की खानु पर्ने अवस्था सिर्जना भएको यस कठिन परिस्थितिमा यस संघको आपतकालिन बैंठक बसी सरोकारवाला निकाय, जिल्लाका राजनैतिक नेतृत्व तथा प्रबुद्ध व्यक्तिहरूको अन्तरक्रिया पश्चात प्राप्त सुझाव मुताविक जग्गा वर्गिकरण सम्बन्धि पत्र सम्बन्धित निकायमा यथाशिघ्र पत्राचार गर्न ध्यानाकर्षण गराइन्छ । अन्त्यमा, हाम्रो यस ध्यानाकर्षण पत्रलाई समेत वेवास्ता गरी व्यवसायी तथा सर्वसाधारणको समस्यालाई तुरून्तै सम्बोधन नगरिएमा यस संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ । यसबाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवारी हेटौंडा उपमहानगरपालिका र स्वयम् नगर प्रमुखले लिनु पर्ने व्यहोरा समेत अवगत गराइन्छ।