काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटिका लगाएनन् । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको र भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाको भाइटिका ग्रहण नगरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिएनन् । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उनले भाइटीका नमनाएकी हुन् । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले बताए ।
राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको उनले बताए ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएन ।
समाचार राजधानी बाट

















प्रतिक्रिया दिनुहोस्