ऐतिहासिक कथावस्तुमा निर्माण भएको नेपाली चलचित्र ‘नालापानी’ र मल्टीस्टारर फिल्म ‘के घर के डेरा’ शुक्रबार कात्तिक ४ गतेबाट प्रदर्शन हुने भएको छ ।

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको अंग्रेजी फौजसँगको नेपालीहरुले गरेको युद्ध देखाईएको ‘नालापानी’ र काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने गरेका समस्यामा आधिारित ‘के घर के डेरा’ प्रर्दशन हुने भएको हो ।

नेपालका बिभिन्न सिनेमा हलमा प्रर्दशन हुने भएसंगै हेटौडा ४ नारायणी मलमा रहेकोे एनएस सिनेमा हलमा पनि दुई चलचित्रलाई हेर्न पाइने भएको हो ।

चलचित्रलाई शानदार २ वटा पर्दमा ‘नालापानी’ र  ‘के घर के डेरा’ हेर्न पाइने र धमामधम  टिकट बुकिङ्ग भईरहेको सञ्चालक नवराज आचार्यले बताए।

आफ्नो परिवारको साथमा चलचित्र  हेर्नको लागि  एनएस सिनेमा हलको संपर्क नम्बर 057520949 मा अग्रिम टिकट बुकिङ्ग गर्न सकिनेआचार्यले बताए ।

……………………………

अंग्रेजी फौजसँग नेपालीको युद्ध ‘नालापानी’

‘नालापानी’को टिजर  हेर्दा पनि अंग्रेजी फौजसँगको नेपालीहरुले गरेको युद्ध देखिएको छ ।
सन् १८१४ मा नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा देशलाई कसैको बन्दक हुनबाट कसले र कसरी पुर्खाले देश बचाए भन्ने देखाउन खोजिएको र ऐतिहासिक चलचित्र मान्न सकिने  निर्माण पक्षको भनाई छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका ९डेभिड०, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ

……………………………

डेरा लिएर बस्नेले भोग्ने  समस्यामा आधिारित  ‘के घर के डेरा’

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ मा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको बताईएको छ ।
विशेष बिभिन्न कामले काठमाडौं बस्नेहरुलाई केन्द्रित गर्दै काठमाडौंमा घर हुने र डेरामा बस्नेको समस्यालाई फिल्मले रोचक ढंगले उठान गरिएको निर्माण पक्षको भनाई छ ।

सिंगे लामाको कथा र महेश दवाडीले पटकथा तथा संवाद लेखेका हुन् ।
शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।
ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता युवराज कार्की हुन् । निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
चलचित्रमा चर्चित कलाकार दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाल लगायतको अभिनय रहेको छ ।