बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको शहीद स्मारक नजिकै होटल स्मारक प्रा.लि. सञ्चालनमा आएको छ ।
हेटौंडा –११ स्थित मनोरम पर्यटकीय क्षेत्र शहीद स्मारक नजिकै सुविधा सम्पन्न रहेको उक्त होटल सञ्चालनमा आएको हो।
शहीद स्मारकमा ४ जना युवाको लगानीमा लगभग ३३ करोड लागतमा निर्माण भएको सुविधासम्पन्न होटलको औपचारिक रुपमा कात्तिक २ गते बुधाबार उद्घाटन गरिएको हो ।

प्रदेशको राजधानी भएसंगै पर्यटक क्षेत्र रहेको स्थान भएकाले भ्रमणमा आउने निम्न वर्गदेखि अधिक खर्चा गर्न सक्ने व्यक्तीहरुले सेवा सुबिधा लिन सक्ने गरि सञ्चालन गरिएको सञ्चालक बालकृष्ण बजगाईंले बताए।
बजार क्षेत्र अनि होटलहरूको भीड भन्दा पर फरकपन दिने उद्देश्यमा आधुनिक डिजाइनमा तयार गरिएकाले पनि यसको महत्व हुने बजगाईंको भनाई छ ।
होटलमा ३ हजार ५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँ सम्मका कोठा उपलब्ध रहेका बजगाईंले जानकारी दिए ।
१२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको र ३सय जना क्षमताको बैंङ्क्वीट हल, १ सय ५० जना क्षमताको सभा हल स्वीमिङ पुल र पार्किङ्ग लगायत बिभिन्न सेवा सुविधा हप्ताको ७ दिन नै सञ्चालन हुने बताएका छन् ।
Предлагаме висококачествени батерии за мотокари , които осигуряват стабилна работа и оптимална производителност.



















प्रतिक्रिया दिनुहोस्