नेपाली कला जगतका चर्चित मानिएका अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र यही कात्तिक ११ गते देशैभरि प्रर्दशन हुने छ ।

३ मिनेट ८ सेकेन्डको ट्रेलरमा छोराको बिहे गर्ने समयमा बुढ्यौली पिताको प्रेम र बिहे गर्ने निर्णयपछि आउने अर्चन र बा र सन्तान बीचको कथा घुमेको देख्न सकिन्छ ।

हरिवंशको जीवनमा गौरी मल्ल आउँछिन् र त्यसपछि परिवार र समाजबाट के कस्ता अवरोधहरु आउँछन् भन्ने कुरा ट्रेलरमा देखाइएको हो ।

प्रदीप भट्टराईको निर्देशन षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् ।

दीपक बज्राचार्यको छायांकन, मित्र डि.गुरुङको सम्पादन रहेको चलचित्रमा कवि नवराज पराजुलीले गीतकारको रुपमा डेब्यू गरेका छन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको अभिनय छ ।