रोशन दिप – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ की १४ वर्षिया कुसुम खड्का वडा एक दिनको वडाध्यक्ष बनेकी छिन् ।
मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १४ वर्षिया खड्कालाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पदभार हस्तान्तरण गरेका थिए ।
खड्कालाई शपथ ग्रहण गराउँदै विशेष कार्यक्रमको थालनी गरेकोमा १८ नम्बर वडाका निर्वाचित वडाअध्यक्ष अनिल बानियाँको प्रशंसा गरेका थिए ।
सोही विद्यालयका विद्यार्थीहरू रीभा बानियाँ, सृष्टि विक, रजल श्रेष्ठ र सौगात घोरासैनीलाई वडा सदस्यको जिम्मेवारी दिइएको थियो ।
साथै बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका साथै स्थानीय सरकारले गर्ने कामका बारेमा वास्तविक अभ्यास भएकोमा महतले खुशी व्यक्त गरेका थिए ।
एक दिनको कार्यकालमा रहेकी वडाध्यक्ष खड्काले कार्यालयको सेवा महिला तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गमैत्री भए नभएको बारेमा कर्मचारीहरूसँग जानकारी लिइन् । साथै उनले सुझाव पेटिका तथा नागरिक बडापत्र सबैले देख्ने गरी राखिनुपर्ने बताईन् ।
खड्का सहितको एक दिनको वडा कार्यसमितिले हर्नामाडीस्थित स्वास्थ्यचौकी तथा प्रहरी चौकीको समेत अनुगमन गरेको थियो भने हर्नामाडीमै रहेको ज्योति माविका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिसँग संयुक्त अन्तरक्रिया गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्