हेटौडा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाद्धाराडेङ्गु परिक्षण गर्ने किट सहयोग गरिएको छ ।

सोमबार अस्पतालमा थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको हो ।

उपमहानगरपालिकाका उपमेयर राजेशबानियाँले किट हस्तान्तरण गर्दै अस्पतालमा अभाव भएको खबर पाएकै कारण डेङ्गु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालि अघि सरेको बताए ।

किट बुझदै अस्पतालका मेसु डा.रामचन्द्र सापकोटाले हेटौडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेङ्गुका बिरामी परिक्षणका लागी आउने गरेको बताए ।

बताउदै थप किटका लागी अस्पतालले पनि खरिद्ध गर्न तयारी रहेको बताउनु भयो ।

किट हस्तानतरणमा अस्पताल समिति सदस्य हिरा लामा,उपमहानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य निरिक्षक कृष्ण यादव,उपमेयर बानियाँका सचिवालय सदस्य बिजय पुडासैनी,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

यस अघि पनि उपमहानगरपालिकाले हेटौडा अस्पताललाई एक हजार किट सहयोग गरेको हो ।